Comments Add Comment

गुल्मीका ९ वटा मतदान केन्द्र संवेदनशील

८ असार, गुल्मी । गुल्मीका नौ वटा मतदान केन्द्र संवेदनशीलको सूचीमा परेका छन् । गाउँपालिकाको केन्द्रबाट टाढा र सडक सञ्जालले नछोएका स्थानका मतदान केन्द्र संवेदनशीलको सूचीमा परेका हुन् ।

जिल्लामा रहेका कुल मतदान केन्द्र २ सय ४० मध्ये ९ वटा मतदान केन्द्रमा सवारी साधन नपुग्ने र पैदल जाँदा २ घन्टादेखि ४ घन्टासम्म लाग्ने जिल्ला निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।

सवारी साधन नपुग्ने मतदान केन्द्रहरुमा इस्मा गाउँपालिकाको– ४ स्थित चन्द्र आधारभूत विद्यालय छ । केन्द्रबाट यहाँ ३ घन्टाको पैदलयात्रामा पुग्न सकिने जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

कालिगण्डकी गाउँपालिकाको–२ को दवौखानी मावि पनि संवेदनशील मतदान केन्द्रमा परेको छ । यो केन्द्रमा पुग्न गाउँपालिकाको केन्द्रबाट ४ घन्टा हिँड्नु पर्छ । कालीगण्डकी–३ कै जयखानी मावि र देवीस्थान मावि पनि संवेदनशील केन्द्रमा परेका छन् । यी दुवै केन्द्रमा पुग्न दुई घन्टाको पैदल यात्रापछि मात्रै पुग्न सकिन्छ ।

सडक सञ्जालबाट टाढा रहेका अन्य मतदान केन्द्रमा चन्द्रकोट गाउँपालिकाका– ८ को जनता निकेतन मावि, मालिका गाउँपालिका–२ को च्यानडाँडा आधारभूत विद्यालय, सत्यवती गाउँपालिका–२ को गगनपुर आधारभूत विद्यालय, सोही गाउँपालिकको वडा नम्बर ५ को विष्णुमती आधारभूत बिद्यायल छन् । सोही गाउँपालिकाको वडा नं. ८ स्थित ईश्वर प्रावि पनि टाढाको दूरीमा रहेको मतदान केन्द्र हो । गाउँपालिकाको केन्द्रबाट यी सबै मतदान केन्द्रमा पुग्न २ देखि ४ घन्टाको पैदल यात्रा गर्नुपर्ने निर्वाचन अधिकृत गणेशबहादुर खत्रीले जानकारी दिए ।

मोटरबाटो नपुगेका उक्त मतदान केन्द्रमा मान्छेले बोकेर मतपत्र लगायत निर्वाचनका समाग्री ल्याउने र लैजानु पर्ने अबस्था रहेको खत्रीले बताए ।

मान्छेले लामो समयसम्म बोकेर लैजान र ल्याउने लाग्ने हुँदा समेत सुरक्षा संवेदनशीलता देखिएको उनले बताए ।

वर्षातको समय भएकाले सडक सुविधा भएका क्षेत्रमा पनि सवारी साधन पुग्न कठिन हुने देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय गुुल्मीले भने ४८ मतदान स्थललाई संवेदनशीलको सूचीमा राखेको छ । कुल १ सय ३८ मतदान स्थलमध्ये प्रहरीले सदरमुकामबाट टाढा, मोटरबाटो पहुँच नपुगेका, जंगलनजिक, वस्तीबाट टाढा रहेको आधारमा संवेदनशीलताको सूचीमा राखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment