Comments Add Comment

बलिउड अभिनेत्री ऐश्वर्यको यस्तो छ फिटनेस राज

बलिउड अभिनेत्री ऐश्वर्य रायको सुडौल शरीर त्यसबेला भद्दा देखिन्थ्यो, जतिबेला उनी गर्भवती थिइन् । स्वभाविक हो, गर्भावस्थामा हरेक महिलाको शरीरमा असामन्य परिवर्तन देखिन्छ । गर्भावस्थामा पर्याप्त खानपान गर्नुपर्ने तर शारीरिक रुपमा उत्ति धेरै सक्रिय हुन नहुने भएकाले पनि महिलाको शरीर मोटाउने गर्छ । यसको अपवाद कसरी हुन सक्छिन्, पूर्व विश्व सुन्दरी ऐश्वर्य ?

उनी पनि मोटाइन् । शरीर भद्दा देखियो । तर, बच्चालाई जन्म दिइसकेपछिको समयमा उनले आफुलाई मेन्टेन गर्दै गइन् । र, आफ्नो फिगरलाई पुरानै अवस्थामा फर्काइन् । जसै आफ्नो भद्दा शरीरलाई सुडौल एवं स्लिम बनाइन्, फिल्ममा समेत खेल्न भ्याइन् । बच्चाकी आमा भइसकेपछि उनले जब्जा, ए दिल है मुश्किल जस्ता फिल्मबाट कमब्याक गरिन् ।

कसरी ऐश्वर्यले आमा बनिसकेपछि पनि आफ्नो शरीरको तौल घटाइन् ? कसरी आफ्नो सौन्दर्य कायम राखिन् ?

खानपान

गर्भाव्स्थापछि ऐश्वर्यले स्वस्थ्य भोजन-योजनामा सबैभन्दा बढी ध्यान दिइन् । उनले सन्तुलित खानेकुरा लिइन् । उनको आहार योजनामा अक्सर प्रोटीन, पोषक तत्व र कम वोसोयुक्त चिज सामेल थियो । ऐश्वर्यले धेरैजसो उसिनेको सब्जी सेवन गरिन् ।

नास्ता

नास्ताको समयमा उनी सबैभन्दा पहिला एक गिलास पानी वा जुस सेवन गर्छिन् । त्यसपछि एक टोस्ट लिन्छिन्, जो ब्राउन ब्रेड र ओट्सले बनेको हुन्छ । उनी दुध पिउन कहिल्यै भुल्दैनन् । ऐश्वर्य दिनमा ८-१० गिलास पानी पिउछिन् ।

मध्यन्हको भोजन

उनको मध्यन्हको खानामा उसिनेको सब्जी हुन्छ, जो सजिलै पचाउन सकिन्छ । उक्त सब्जी पोषक तत्वले भरिपूर्ण हुनुपर्छ र वोसोयुक्त हुनुहुँदैन । कहिले कहि उनी एक कचौरा दाल र चियापत्ती पनि लिन्छिन् ।

रातको खाना

उनी राती एकदमै हल्का खाना खान्छिन् । ऐश्वर्यको रातको खानामा एक कप ब्राउन राइस र गि्रल्ड फिश हुन्छ । ब्राउन चामलमा उच्च फाइबर हुन्छ र सेतो चामलको तुलनामा त्यो निकै लाभदायक हुन्छ । साथै ग्रिल्ड फिशमा आवश्यक प्रोटिन, ओमेगा थि्र फ्याटी एसिड हुन्छ ।

यसका साथै ऐश्वर्य कुनै वोसोयुक्त, जंक फूड, तारेको भूटेको खानेकुरा खादैनन् । बरु, फल, हरियो सब्जी, ताजा रस पिउन मन पराउछिन् ।

ऐश्वर्यको फिटनेस

ऐश्वर्यले आफुलाई फिट एन्ड फाइन राख्नका लागि नियमित व्यायाम गर्ने गरेकी छिन् । उनी जिम र हल्का व्यायाम गर्छिन् । उनी पुशअप, पुलअप, कं्रचस आदि गर्छिन् । उनको दिनचर्या बिहान हिँड्ने वा जगिङ पछि सुरु हुन्छ । त्यसपछि उनी ४५ मिनेटका लागि पावर योग समेत गर्छिन् । कहिले कहि उनी घरमा कार्डियोका साथै क्रियात्मक प्रशिक्षण पनि गर्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment