Comments Add Comment

अगरबत्ती एवं धुप जलाउनुअघि जान्नैपर्ने कुरा

हामी पूजाआजामा अगरबत्ती बाल्छौं । चाहे घरको पूजा कोठामा होस् वा मन्दिरमा, अगरबत्ती बालिन्छ । अक्सर धार्मिक अनुष्ठानमा अगरबत्ती प्रयोग गरिन्छ । किन अगरबत्ती जलाइएको होला ? यसबाट उत्पन्न हुने सुगन्धको के अर्थ होला ? सायदैले यसमा हेक्का राखेका होलान् । र, के पनि हेक्का राखिएको छैन भने अगरबत्ती बाल्दा स्वास्थ्यमा कुनै हानी हुन्छ कि लाभ ?

भनिन्छ, अगरबत्ती जलाएपछि त्यसबाट सुगन्ध फैलन्छ । यसले नकारात्मक उर्जा हटाएर सकारात्मक उर्जा प्रवाह गर्छ । त्यही कारण, मन्दिर, गुम्बा जहाँ पनि अगरबत्ती बालिन्छ ।

धुप जलाउँदा हुने फाइदा

१. चिन्ता हटाउने

सदियौंदेखि मानिँदै आएको छ कि कुनै पनि सुगन्धले हाम्रो शरीरमा गहिरो प्रभाव पार्छ । सायद बौद्ध भिक्षु शान्त हुनुको पछाडि पनि यही कारण हुनसक्छ कि उनीहरु पूरा दिन धुपको सुगन्ध लिन्छन् । यदि कहिले काहिं तपार्इं स्वयं दबाव वा तनाव महसुश गरिरहनुभएको छ भने कुनै चन्दन वा चमेलीको सुगन्ध आउने अगरबत्ती जलाउनुहोस् ।

२. गहिरो निन्द्रा लाग्छ

धुपको सुगन्धले तपाईंको इन्द्रीयलाई शान्त गर्छ । यही कारण गहिरो निन्द्रा लाग्छ । यदि तपाईंको निन्द्रा भंग भएको छ भने दालचीनी वा भेनिलाको सुगन्ध आउने अगरबत्ती जलाउनुहोस् ।

३. बिमारबाट बच्न

धुपले वातावरणलाई किटाणुमुक्त बनाउँछ भनिन्छ । यसरी हानिकारक किटाणू मारेर वातावरण शुद्ध बनाउने भएकाले कतिपय रोग लाग्नबाट समेत यसले जोगाउँछ ।

४. टाउको दुख्ने समस्याबाट छुटकारा

माइग्रेनको दुखाइ असह्य हुन्छ । यसका लागि दुखाइ कम गर्ने औषधि सेवन गरिन्छ । तर, यस्तो औषधिको साइट इफेक्ट हुन्छ । त्यसैले टाउको दुखाइबाट राहत पाउनका पनि धुपको सुगन्ध उपयोगी हुनसक्छ ।

५. स्वयंममा उत्प्रेरणा जगाउन

यदि कुनै कुरामा तपाईं हतोत्साही हुनुभएको छ भने कागती वा सुन्तलाको सुगन्धयुक्त अगरबत्ती जलाउनुहोस् । त्यसले तपार्इंमा सकारात्मक भाव जगाउँछ ।

६. स्मरणशक्ति बढाउने क्षमता

एक अध्ययनमा पाइए अनुसार अगरबत्तीको सुगन्धले स्मरणशक्ति बढाउने क्षमता राख्छ । खासगरी दालचिनीको सुगन्ध भएको अगरबत्तीले मस्तिष्कमा यस्तो प्रभाव पार्छ ।

अगरबत्तीको हानी

यसको फाइदा छ तर, बेफाइदा पनि । सुगन्धित अगरबत्तीको उपयोगमा सावधान पनि रहनुपर्छ । कहिलेकाहिँ अगरबत्तीको धुँवाले चुरोटले भन्दा बढी हानी गर्न सक्छ । यसले कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन डाइअक्साइड र सल्फर डाइअक्साइड पैदा गर्छ, जुन कुनै न कुनै रुपमा हाम्रो शरीरको लागि हानिकारक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment