१८ असार, धनकुटा । जिल्लाको स्थानीय तहमा एमालेले क्लिन स्वीप गरेपछि माओवादी केन्द्रका धनकुटा इञ्चार्जले राजीनामा दिएका छन् ।
जिल्लाको चुनावी परिणाम पार्टीको पक्षमा नअाएपछि माओवादीका धनकुटा इञ्चार्ज हेमराज भण्डारीले पदबाट राजीनामा दिएका हुन् । उनी पूर्व सभासद तथा माओवादीका केन्द्रीय सदस्य समेत हुन् ।
धनकुटाको सात वटै स्थानीय तहमा एमालेले प्रमुख र उपप्रमुख जित्दै क्लिन स्वीप गरेको छ । एमालेले जिल्लाका ६० मध्ये ४२ वडामा जित हासिल गरेको छ ।
धनकुटाका स्थानीय तहमा माओवादी एक्लै भिडेको थियो भने कांग्रेसले राप्रपा र संघीय समाजवादी फोरमसँग गठबन्धन गरे पनि कमजोर देखियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4