Comments Add Comment

सन्दिप र नम्रताको ‘सिग्नेचर’ले सुरु गर्‍यो ‘थिंक पोजेटिभ ग्लोबल’ अभियान


वास्तविक कथामा आधारित तयार भएको चलचित्र ‘सिग्नेचर’ निर्माण भएको केही बर्ष भयो । चलचित्र हलमा प्रदर्शन हुन अझै सकेको छैन । तर, अब यसको निर्माणपक्षले भने ‘सकारात्मक सोचका लागि’ भन्ने मुल नाराका साथ एक दिने अभियान सुरु गर्ने भएको छ । सोच नै सबै समस्याको जड भएको भन्दै चलचित्रकोे यूनिटले ‘सिग्नेचर मुभि थिंक पोजेटिभ ग्लोबल’ अभियानको आयोजना गर्न लागेको हो ।

सभ्य सिर्जनाको प्रस्तुति, स्कुल फाउन्डेसनको आयोजना र एएचएफको सहयोगमा हुन लागेको अभियान यही असार २४ गते, शनिबार बिहान ११ बजेदेखि ५ बजेसम्म काठमाण्डौको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने भएको छ ।

एक दिने इभेन्टको रूपमा सञ्चालन हुन लागेको कार्यक्रममा चलचित्र प्रदर्शन र प्रदर्शन पश्चात चलचित्रका कलाकारसँग छलफल गर्ने कार्यक्रम छ । साथै, कार्यक्रममा कन्डम वितरण, रक्तदान, स्वास्थ्य जाँच, साइकोलोजिकल काउन्सिलिङका साथै टिकटमा विशेष उपहारहरूको व्यवस्था समेत गरिएको छ ।

एउटा मान्छे गर्भावस्थादेखि नै हुर्कदै र अगाडि बढ्दै जाँदा उसमा घरपरिवार, समाजका विभिन्न तत्वहरूले पार्ने प्रभाव र त्यसको मनोवैज्ञानिक असरका कारण उसमा पैदा हुने नकारात्मक सोच र त्यही सोच अनुसारको उसको बाँनी, व्यवहार, आचरण र क्रियाकलापले उसको व्यक्तिगत जीवन र सिंगो समाजमा पर्न जाने असरलाई चलचित्रमा अत्यन्तै कलात्मक र जिवन्त तरिकाले प्रस्तुत गरिएको छ । अभियान मार्फत चलचित्रले व्यक्तिमा सकारात्मक सोच, बाँनी, व्यवहार र आशावादी जीवन जिउने उत्प्रेरणा दिने छ ।

ओस्कार इन्टरनेसनल कलेजका अध्यक्ष सागर उद्गमको अनुसन्धान, लेखन, निर्देशनमा बनेको चलचित्र ‘सिग्नेचर’लाई गीतकार प्रकाश सुवेदी र सागर उद्गमले निर्माण गरेका हुन् । चलचित्रमा विनोद पौडेल, सन्दिप क्षेत्री, जीवनसाथी बस्नेत, नम्रता सापकोटा, निर्णय श्रेष्ठ, सरिता गिरीको अभिनय छ ।

काठमाण्डौपछि देशभरका विभिन्न विद्यालयमा यो अभियान अगाडि बढाइने निर्माणपक्षको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment