Comments Add Comment

खोलाले बगाएको शव निकाल्दा प्रहरी जवानको मृत्यू

२७ असार, पोखरा । माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका व्यक्तिको शव निकाल्ने क्रममा पोखरामा एक प्रहरी जवानको मृत्यू भएको छ ।

सोमबार करिब अपराहृन ४ बजे पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १८ स्थित हर्पन खोलामा डुबेर बेपत्ता भएका २४ वर्षीय ललित पुनको शव निकाल्ने क्रममा डुबेका प्रहरी जवान बलबहादुर कुँवरको उपचारको क्रममा मृत्यू भएको हो ।

पोखरा हेमजा घर भएका कुँवर नेपाल प्रहरीको रेस्क्यू टिमका सदस्य हुन् ।

सोमबारदेखि हर्पन खोलामा डुबेर बेपत्ता भएका पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ नदिपुरका ललित पुन र ईन्द्र पुनको शव खोजी गर्न प्रहरी सहायक निरीक्षक रामु भण्डारीको कमाण्डमा ८ जनाको टोली खटिएको थियो ।

बेपत्ताद्वयको शव तैरिएको अवस्थामा देखेपछि शव निकाल्नका लागि कुँवर खोलामा हामफालेका थिए । तर, शव रहेको ठाउँको तल्लो तह दलदले हिलो (लेदो) माटो रहेकाले कुँवर त्यहिं भासिएका थिए ।

उनलाई उद्दार गरेर गण्डकी मेडिकल कलेज पोखरामा उपचारको लागि ल्याइएपनि बचाउन नसकिएको प्रहरीले जनाएको छ ।

रेस्क्यू टोलीले बेपत्ता ललित पुन र ईन्द्र पुनको शव निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment