+
+

एमालेलाई हराउन षडयन्त्र गर्नेहरु आफै हारेः माधव नेपाल

कपिल ज्ञवाली कपिल ज्ञवाली
२०७४ साउन ३ गते १७:५७

३ साउन, बुटवल । नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमालेलाई हराउन खोज्न शक्तिहरु आफै हारेको बताएका छन् ।

सत्तारूढ दल कांग्रेस र माओवादी केन्द्रले सत्ताको दुरूपयोग गरी स्थानीय तहको निर्वाचनमा एमालेलाई हराउन षडयन्त्र गरेको आरोप लगाउँदै उनले तर त्यो सफल हुन नसकेको बताए ।

युवा संघ नेपाल रूपन्देहीले मंगलबार बुटवलमा आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै नेपालले भने, ‘एमाले ओरालो होइन, उकालो चढ्दो छ । हामीलाई हराउन षडयन्त्र गर्नेहरु आफै हारे ।’

‘एमालेलाई हराउन एउटै गाउँपालिकाका वडाहरूलाई एताउता पारेर अनेक षडयन्त्र गरियो,’ नेता नेपालले थपे, ‘सत्तारूढ दलका षडयन्त्रकाबीच एमाले पहिलो पार्टी बन्यो ।’

आउदो असोज २ गते हुने प्रदेश नम्बर दुईको चुनाबमा पनि एमाले पहिलो पार्टी बन्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?