+
+
Shares

२ गीत हिट भएपछि किन चुपचाप ‘ए मेरो हजुर २’ टिम ?

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ४ गते १२:१७


भदौ १६ लाई प्रदर्शन मिति तोकिएको चलचित्र ‘ए मेरो हजुर २’का २ गीत रिलिज गरियो । चलचित्रको शिर्ष गीत र एक मारुनी गीतले छोटो समयमा निकै चर्चा पनि पायो ।

तर, २ गीत रिलिज गरेपछि यसको निर्माणपक्ष भने चुपचाप देखिएको छ । चलचित्रकी निर्देशक झरना थापा र निर्माता सुनिलकुमार थापा यसपछि अमेरिका पुगे । अमेरिकामा केही समय बिताएर यो जोडी नेपाल आइसकेको छ ।

२ गीत हिट भएपछि एकाएक चुलिएको चर्चा अहिले फेरि केही कम भएको चर्चा चलचित्र बजारमा चल्न थालेको छ । पहिलो गीत सार्वजनिक भएसँगै यसका नायक सलिनमान बाँनियाको चर्चा खुबै भयो । अहिले सलिनमान पनि मिडियामा देखिएका छैनन् । नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह भने नयाँ चलचित्रको छायांकनका लागि केही सातामै लन्डन जाँदैछिन् ।

निर्माता सुनिलकुमार थापा भन्छन्-‘हामी चुपचाप बसेका होइनौ । अब, साउन ६ गते चलचित्रको ट्रेलर सार्वजनिक गर्छौ । त्यसपछि, चलचित्रले पाइरहेको हाइपलाइ कम हुन दिन्नौ ।’

‘ए मेरो हजुर २’को ट्रेलरको प्रतिक्षा गरिरहेका दर्शकलाई निर्देशक झरना थापा भन्छिन्-‘साउन ६ गते दर्शकले चलचित्रको ट्रेलर हेर्न पाउनुहुनेछ । गीतले जुन हाइप बनाएको छ, सोही अनुसारको ट्रेलर पनि तयार भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?