+
+

‘छक्का पन्जा २’को ‘ए दाजु नसमाउ’ बोलको गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७४ साउन ६ गते ११:०५


असोज ११ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा २’को पहिलो गीत सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक भएको केही दिनपछि पहिलो गीत सार्वजनिक भएको हो ।

‘ए दाजु नसमाउ नाडीमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा अल्मोडा राना उप्रेती र सुजता बर्माको स्वर छ । प्रिन्स र अल्मोडाको संगीत रहेको गीतमा प्रिन्स र दीपकराज गिरीको शब्द छ । गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार जीतु नेपाल, केदार घिमिरे, बर्षा राउत, स्वस्तिमा खड्का, स्वरुप पुरुष ढकालको अभिनय छ ।

चलचित्रमा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, बुद्धि तामाङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् ।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन, दिर्घ गुरुङको छायांकन छ । चलचित्रका कार्यकारी निर्माता विकास आचार्य हुन् । कार्यक्रममा चलचित्रका निर्माता समेत रहेका दीपकराज गिरीले यो गीतलाई ट्राभल गीतको रुपमा वुझिदिन सबैलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?