
वि.सं २०७२ सालको सर्वाधिक चर्चित गीत ‘म यस्तो गीत गाउँछु, जुन प्रेमगीत बनोस्’ बोलको गीत आसामी भाषामा चोरिएको छ । चलचित्र ‘प्रेमगीत’मा समावेश यो चर्चित गीतमा शब्द तथा संगीत अर्जुन पोखरेलको छ ।
तर, भ्रिगु काश्यप र बर्नाली कलिताको आवाजमा समावेश ‘नोए नोए’ बोलको गीत ‘म यस्तो गीत गाउँछु’ बोलको गीतबाट हुबहु चोरिएको छ । नेपाली चलचित्रको गीतको शब्दलाई केही मिलाएर अर्जुनले तयार पारेको संगीतमै गायक-गायिकाले गाएका छन् ।
नेपाली मिडियामा समाचार प्रकाशित भएपछि यसका निर्माणकर्ताले ओर्जिनल गीतको क्रेडिट भन्दै युटुबको क्रेडिट लाइनमा गायक सुगम पोखरेल र अन्जु पन्तको आवाज, अर्जुन पोखरेलको शब्द तथा संगीत भनेर उल्लेख गरेका छन् ।
तर, यो गीतको कभर बनाउने नियत भने देखिएको छैन । किनकी, सुरुवातमा नेपाली सर्जकको कुनै नाम नै उल्लेख नगरी सम्पूर्ण क्रेडिट आसामी गायक, गायिका र संगीतकारले लिएका थिए ।
संगीतकार अर्जुन पोखरेल भन्छन्-‘यो कभर भिडियो नै होइन । यसलाई प्यारोडी गीत भन्छन् । यो सरासर चोरी हो ।’ गीतको अधिकार म्यूजिक नेपाललाई दिइएकाले पनि यसको कानुनी बाटो म्यूजिक नेपालले नै चाल्नुपर्ने देखिएको छ ।
नेपाली चलचित्र ‘प्रेमगीत’कै संगीतमाथि आसामी भाषामा शब्द उल्था गरेर गीत तयार पारिएपनि कभर भिडियोको क्रेडिटमा संगीतकार भन्दै पिंकल प्रत्युशको नाम युटुबमा राखिएको छ । जबकी, यो कभर संगीत पनि पिंकलको होइन ।
युटुबमा क्रेडिटमा पछि नाम सच्चाइएपनि भिडियोमा भने नेपाली गीतकार, संगीतकारको नाम नै उल्लेख छैन । यसैले पनि आछामी संगीतकारले गीत चोरेर तयार पारेको प्रष्ट हुन्छ ।
नेपाली चलचित्रको गीतबाट चोरिएको आसामी भाषाको गीत हेर्नुहोस्ः
अब, नेपाली चलचित्र ‘प्रेमगीत’को गीत हेर्नुहोस्ः
प्रतिक्रिया 4