Comments Add Comment

३१ जिल्लाका सीडीओको सरुवा, काठमाडौंमा शर्मा (सूचीसहित)

२६ साउन, काठमाडौं । गृह मन्त्रालयले ३१ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । काठमाडौंको प्रजिअमा केदारनाथ शर्मा आएका छन् ।

यसअघि काठमाडौंको प्रजिअ रहेका बालकृष्ण पन्थीलाई शिक्षा मन्त्रालयमा तानिएको छ ।

जनार्दन शर्मा ‘प्रभाकर’ गृहमन्त्री भएपछि सीडीओ सरुवा भएको पहिलोपटक हो । गृहले राजपत्रांकित प्रथम श्रेणीका १० जना र द्वितीय श्रेणीका २१ जनालाई काज सरुवा गरेको छ ।

रुपन्देहीमा रहेका प्रजिअ विनोद प्रकाश सिंहलाई पर्सामा र बाग्लुङमा रहेका ऋषिराम तिवारीलाई झापामा सरुवा गरिएको छ ।

यस्तै गृह मन्त्रालयमा रहेका रामप्रसाद आचार्यलाई मोरङमा, श्यामप्रसाद भण्डारीलाई धादिङमा, बाबुराम श्रेष्ठलाई महोत्तरीमा र भागीरथ पाण्डेलाई सप्तरीको सीडीओ बनाएर पठाइएको छ ।

सप्तरीमा सीडीओ रहेका कृष्णप्रसाद कटुवाललाई राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रमा र महोत्तरीमा सीडीओ रहेका विरेन्द्रकुमार यादवलाई गृहमन्त्रालयमा तानिएको छ । यस्तै धादिङमा प्रजिअ रहेका महेश आचार्यलाई स्याङ्जामा पठाइएको छ ।

हेर्नुहोस् सीडीओको सरुवा सूची 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment