Comments Add Comment

बारम्बार किन रोग, बिमारले च्याप्छ ? यसरी बनौ निरोगी


ठूलो रोग नलागेपनि हामी बिमारी हुन्छौ । कहिले ज्वरो आउँछ, कहिले रुँघा-खोकीले सताउँछ, कहिले टाउको दुख्छ, कहिले कमजोरी महसुष हुन्छ, कहिले चक्कर लाग्छ ।

जब हाम्रो प्रतिरक्षा प्रणाली कमजोर हुन्छ, यस किसिमको समस्यालाई सताइरहन्छ । अतः यस्तो समस्याकै कारण हाम्रो दैनिक कार्य तालिका बिग्रन्छ । सोचेजस्तो ढंगले काम गर्न सक्दैनौ । यावत् समस्याको उपचार गरेर पनि साध्य हुँदैन । त्यसमाथि औषधी सेवन गर्नुका अनेकौ वेफाइदा छन् ।

यद्यपी केहि काइदा छन्, जसलाई अपनाएर सानातिनो बिमारीबाट बच्न सकिन्छ । त्यसको लागि केहि घरेलु उपाय अपनाउन र नियमको पालना गर्नुपर्छ ।

१. राती तामाको भाँडामा पानी भरेर राख्ने र बिहान सूर्योदयअघि उठेर ब्रस नगरी पानी पिउनुपर्छ । यस किसिमको पानी अत्यान्तै गुणकारी मानिन्छ ।
२. भोजन गरेको एक घण्टापछि पानी पिउनुपर्छ । यसले पाचनयन्त्र बलियो बनाउँछ ।

३. तुलसी एक अत्यान्तै गुणकारी बनस्पती हो । तुलसीको चार वटा पात दिनहुँ सेवन गर्दा मुटु र पेट सम्बन्धीको रोग लाग्दैन । साथै यसमा क्यान्सर बिरुद्ध लड्ने क्षमता पनि हुन्छ ।

४. भोजन राम्ररी चपाएर खानुपर्छ । खानासँग पानी पिउनु हुँदैन । खाना खाएको एक घण्टापछि पानी पिउनुपर्छ, यसले पाचन यन्त्र ठीक राख्छ । साथै मोटोपनको समस्या पनि आउन दिदैन ।

५. हप्तामा एक पटक करेलाको सब्जी सेवन गरौ । यसले ज्वरो, पित्त, पखला, पेटको जुका अदिबाट बचाउँछ । साथै करेलाले मोटोपन नियन्त्रण गर्छ । मधुमेह रोगीका लागि पनि यो फाइदाजनक हुन्छ ।

६. भोजनमा लसुनको प्रयोग गरौ । यो एक एन्टिवायोटिक हो । लसुनले क्षयरोग जस्ता रोग लाग्न दिदैन । साथै रगत पनि सफा राख्छ । लसुनको एक केस्रालाई चार टुक्रा परोर त्यसलाई राम्ररी चपाएर सेवन गरौ । यसले पेटको जीवाणु मर्छ र पेटलाई स्वस्थ्य राख्छ ।

७. अदुवा, मरिच र तुलसीको पातको चिया बनाएर सेवन गरौ ।

८. प्याजमा पनि अत्यान्त गुणकारी तत्व हुन्छ, यसलो भोजनका साथ सेवन गर्नु राम्रो हो । यसले भाइरल फिबरको समस्या आउन दिदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment