+
+
Shares

रास्वपामा मधेश प्रदेशबाट धेरै सदस्य, कर्णालीका थोरै

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते १८:१२

९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको कूल सदस्यमा मधेश प्रदेशबाट धेरै सदस्य रहेको पाइएको छ ।

चितवनमा जारी प्रथम महाधिवेशनमा पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका छन् । जसअनुसार रास्वपाको सदस्य लिनेको संख्या ५ लाख २३ हजार ४६५ छ ।

कूल ५ लाख २३ हजार ४६५ सदस्यमध्ये मधेश प्रदेशबाट २३.३ प्रतिशत छन् । महामन्त्री बुर्लाकोटीका अनुसार यसरी सबैभन्दा ठूलो सदस्य आधार भएको प्रदेश मधेश बनेको छ ।

दोस्रोमा बागमती प्रदेशबाट २०.५ प्रतिशत सदस्य रहेका छन् ।

कोशी प्रदेशबाट १४ प्रतिशत, लुम्बिनीबाट १४.५ प्रतिशत, गण्डकी प्रदेशबाट ११.८ प्रतिशत, सुदूरपश्चिमबाट १०.६ प्रतिशत सदस्य रहेका छन् । कर्णाली प्रदेशबाट ५.२ प्रतिशत सदस्य छन् ।

यसलाई थप सुदृढ गर्नुपर्ने भन्दै महामन्त्री बुर्लाकोटीले भनेका छन्, ‘यो सुधार नहुँदा भविष्यको निर्वाचन परिचालनमा चुनौति थप्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?