+
+
Shares

पर्यटनमन्त्रीसमेत रहेका रास्वपा नेता पौडेलले उम्मेदवारी नदिने, अरुको समर्थक र प्रस्तावक पनि नबस्ने

उनले आफूले कुनै पनि पदमा उम्मेदवारी नदिने र कसैको समर्थक वा प्रस्तावक पनि नबस्ने बताएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ९ गते २०:०७

९ असार, काठमाडौं । रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक भइसकेको छ । नेताहरूले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहेका छन् । विभिन्न पदमा आकांक्षीको भिड लागिरहेको बेला पर्यटनमन्त्रीसमेत रहेका गनेस पौडेलले भने कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेका छन् ।

उनले आफूले कुनै पनि पदमा उम्मेदवारी नदिने र कसैको समर्थक वा प्रस्तावक पनि नबस्ने बताएका हुन् । रास्वपाको सभापतिमा रवि लामिछाने नै दोहोरिँदै छन् । उनले मनोनयन दर्ता गराउँदै छन् । उनको प्रस्तावकमा प्रधानमन्त्रीसमेत रहेका बालेन शाह छन् ।

यो महाधिवेशनबाट बालेन पुन: वरिष्ठ नेता बन्दैछन् । उनको पदको लागि कुनै पनि निर्वाचन कार्यक्रम हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?