९ असार, चितवन । रास्वपाको पहिलो महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि हेरफेर भएको छ ।
निर्वाचन आयोगका प्रमुख भुवन केसीले तेस्रोपटक संशोधन भएको सूचना जारी गरेका हुन् ।
नयाँ तालिकाअनुसार आज ७ बजेदेखि साढे सातसम्म सभापति पदको फारम वितरण र दर्ता, केन्द्रीय सदस्यको साढे सात देखि साढे ९ बजेसम्म, उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन राति १० बजे हुने निर्वाचन तालिकामा उल्लेख छ ।
त्यस्तै उम्मेदवारविरुद्ध दाबी विरोधका लागि राति साढे १० बजेसम्मको समय तोकिएको छ ।
दाबी विरोधमा परेका उजुरीबारे जाँचबुझ राति ११ बजेसम्म सकिने र उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय राति सवा ११ बजेसम्मको समय तोकिएको छ ।
उम्मेदवारको अन्तिम नामावली राति पौने १२ बजे प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।
राति पौने १२ बजेदेखि नै मौन अवधि सुरु हुनेछ । पहिलो चरणको मतदान सभापति र केन्द्रीय सदस्यका लागि बुधबार बिहानलाई भनिएको छ । तर समय तोकिएको छैन ।
त्यस्तै पहिलो चरणको मतगणना र मतपरिणाम घोषणा मतदान सम्मपन्न भएको २ घण्टापछि हुने सूचना उल्लेख छ । त्यस्तै दोस्रो चरणको उम्मेदवारी तथा अन्य थप निर्वाचन तालिका पछि प्रकाश हुने आयोगले जनाएको छ ।

प्रतिक्रिया 4