+
+

दरवारमार्गका व्यवसायी पसल बन्द गरेर प्रदर्शनमा, सरकारी अनुगमनको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७४ भदौ २१ गते १७:४०


२१ भदौ, काठमाडौं । सरकारले बजार अनुगमन गरेको विरोधमा दरवारमार्गका व्यवसायी पसल बन्द गरेर प्रदर्शनमा उत्रिएका छन् । बुधबार पनि अनुगमन टोलीले केही पसलहरुमा सिलबन्दी गरेपछि व्यवसायी विरोधमा उत्रिएका हुन् ।

व्यवसायीको विरोधका कारण केही समय दरवारमार्ग क्षेत्रको स्थिति असहज बनेको थियो ।

बुधबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले उक्त क्षेत्रमा अनुगमन गर्न थालेपछि व्यवसायी एक भएर सटर बन्द गरेका हुन् ।

बुधबार सरकारी टोलीले अनुगमन गर्दैै दरवारमार्गका घडी पसल वाच एण्ड सी र सुलक्स तथा कपडा पसल लेभिज र बोसेनीमा सिल गरेको छ ।


अनुगमनका क्रममा १ हजार ५ सय रुपैयाँ मूल्यको घडीलाई ११ हजार र १ लाख २० हजार रुपैयाँ मूल्यको घडीलाई २ लाख ५० हजार रुपैयाँसम्म बेचेको भेटिएको विभागका अधिकृत श्री अधिकारीले अनलाइनखबरलाई बताए ।

गत सोमबार पनि आपूर्ति मन्त्री शिवकुमार मण्डलको अगुवाइमा अनुगमन गरी दरवारमार्गका चार पसलमा सिलबन्दी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?