६ असोज, सप्तरी । सप्तरीमा कांग्रेसले तेस्रो जित हात पारेको छ । पछिल्लो पटक कांग्रेसले जिल्लाको अग्निसाइर कृष्णासावरणमा जित हात पारेको छ ।
यो गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेसले जितेको छ । अध्यक्षमा पर्शुराम चौधरी र उपाध्यक्षमा मीना चौधरी निर्वाचित भएका छन् ।
पर्शुरामले ३३९५ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाल लोकतान्त्रिक फोरमका दिनानाथ चौधरीले १४५३ मत पाए ।
यस्तै उपाध्यक्षमा मीनाले २९४८ मत ल्याइन भने उनका निकटतम प्रतिद्वन्दी नेपाल लोकतान्त्रिक फोरमकी निशा चौधरीले १५६२ मत पाइन् ।
योसँगै १८ स्थानीय तह रहेको सप्तरी जिल्लाको ७ तहको नतिजा सार्वजनिक भइसकेको छ । यसअघि कांग्रेसले बेल्ही चपेना तथा बिष्णुपुर गाउँपालिका, राजपाले डाक्नेश्वरी नगरपालिका र रुपनी गाउँपालिका, संघीय समाजवादी फोरम नेपालले तिरहुत गाउँपालिका र एमालेले सप्तकोशी नगरपालिका जितिसकेको छ ।
प्रतिक्रिया 4