+
+
Shares

सिरहाको सुखीपुरमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७४ असोज ६ गते १५:४८

६ असोज, सिरहा । सिरहाको सुखिपुर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ ।

नेकपा एमालेका मेयर उम्मेदवार राम औतार यादव ६१११ मत र उपमेयरमा रेणु देवी साह ६०८६ मत ल्याएर विजयी भएका हुन् ।

मेयरका निकटतम प्रतिद्वन्दी संघीय समाजवादी फोरमका मेयर उम्मेदवार लक्ष्मण चाैधरी ४१८६ मत र उपमेयरमा नेकपा माओवादी केन्द्रका दिप नारायण यादव ३३५४ मत ल्याएका छन् ।

नेकपा एमालेले सुखिपुरमा ५ वटा वडा समेत जितेको छ । सुखिपुर नगरपालिकामा संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्र मिलेर चुनाव लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?