+
+
Shares

महाकाली करिडोरका ८ कम्पनीलाई एक करोड जरिवाना

सन्तोष कोट्टारी सन्तोष कोट्टारी
२०७४ असोज २३ गते १४:०८
महाकाली कोरिडोरको दार्चुला-तिंकर सडकखण्ड

२३ असोज दार्चुला । महाकाली करिडोर निर्माणको जिम्मा लिएका ८ वटा निर्माण कम्पनीलाई आयोजनाले कार्वाही गरेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो करिडोर अन्तरगर्तको दार्चुला-तिंकर सडकखण्डका ८ वटा कम्पनीहरुलाई कार्वाही गरी आयोजनाले एक करेाड बढी रुपैयाँ जरिवाना गरेको छ ।

सुस्त गतिमा निर्माण भइरहेको तथा रकम खर्च गर्न नसक्ने आयोेजनाका रुपमा रहेको दार्चुला तिंकर सडक निर्माण कम्पनीहरुलाई द्रुतगति प्रदान गर्न भन्दै आयोजनाले निर्माण कम्पनीहरुलाई तीन वर्षमा एक करोड १२ लाख भन्दा बढी जरिवाना गरिएको आयोजना प्रमुख मनिसकुमार शाहले बताए । ,

कार्यालयले आर्थिक वर्ष ०७१/०७२ मा जगदम्बा/नरसिह/कालपानी जेभीलाई ७ लाख ५३ हजार ७ सय २९ रुपैयाँ १६ पैसा, जागृती/मालिकार्जुन/शिखर जेभीलाई एक लाख ७५ हजार ८६८ रुपैयाँ ८६ पैसा र गोल्डेन गुड/नरसिह/कालापनी जेभीलाई २१ ल्ााख ४५ हजार १३१ रुपैयाँ १७ पैसा गरी जम्मा ३० लाख ७४ हजार ७२९ रुपैयाँ १९ पैसा जरिवाना गरेको जनाएको छ ।

आर्थिक वर्ष ०७२/७३ मा पनि ३ निर्माण ज्वाइन्ट भेञ्चरलाई ४३ लाख ९ हजार ५२३ रुपैयाँ ३८ पैसा जरिवाना गराइएको थियो । यो आर्थिक वर्षमा एडभेन्चर/शनिदेव जेभीलाई ९ लाख ४१ हजार ४९२ रुपैयाँ ७१ पैसा, साप/जागृती/तुल्छी/दुर्गा जेभीलाई १२ लाख ५४ हजार २५९ रुपैयाँ ७९ पैसा र थोडुङ्ग जसलिङ जेभीलाई २१ ल्ाख १३ हजार ७७० रुपैयाँ ८८ पैसा जरिवाना गरेको थियो ।

त्यसैगरी आर्थिक वर्ष ०७३/०७४ मा राजेन्द्र निर्माण सेवालाई ११ लाख ४२ हजार ९२० रुपैयाँ तथा रायमाझी/जगदम्वा/नरसिह जेभीलाई २७ लाख ३३ हजार ९५९ रुपैयाँ ६३ पैसा गरी ३८ लाख ७६ हजार ८७९ रुपैयाँ ६३ पैसा जरिवाना गराइएको लेखापाल चेतराज भट्टले जानकारी दिनुभएको छ ।

सुस्ताएको उक्त आयोजनाको कामलाई तीब्रता दिन निर्माण व्यवसायीलाई ३० पटक भन्दा बढी पटक लिखित जानकारी समेत गरेको आयोजना प्रमुख शाहको भनाइ छ ।
आर्थिक वर्ष २०६५/०६६ देखि निर्माण कार्य थालिएको दार्चुला तिंकर सडकको काम वर्षायाम सुरु भएसंगै बन्द भएको थियो ।

कहिले मौसमका कारण त कहिले जिलेटिन लगायत निर्माण सामग्रीहरु अभावका कारण निर्माण कार्य बन्द हुने दार्चुला तिंकर सडक खण्डको काम अझै सुरु हुन सकेको छैन ।

यसरी कछुवा गतिमा निर्माण भइरहेको उक्त सडकको खलंगा देखि उत्तर पश्चिम तिंकरसम्मको १ सय ४० किलोमिटर सडक खण्ड मध्ये अहिले सम्म १८ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ ।

यही गतिमा सडक निर्माण हुने हो भने हुने हो भने दुहूँ क्षेत्रका बासिन्दाहरुले गाडी चढ्न अझै वर्षौ कुर्नु पर्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?