Comments Add Comment

पोर्चुगल विश्वकपमा, नेदरल्याण्ड्स बाहिरियो

२५ असोज, काठमाडौं । युरोपियन च्याम्पियन पोर्चुगलले स्वीट्जरल्याण्डलाई हराएको छ र विश्वकपमा स्थान बनाएको छ ।

हार वा बराबरीले पोर्चुगललाई प्ले अफमा पुर्‍याउँथ्यो । तर, स्वीट्जरल्याण्डलाई २–० ले हराउँदै पोर्चुगल समूह बीको विजेता बनेको छ ।

लिस्बोनमा भएको खेलको पहिलो हाफमा घरेलु टोलीले उपहार गोलबाट अग्रता लियो । ४१ औं मिनेटमा स्वीट्जरल्याण्डका जोरुले आत्मघाती गोल गरे । खेलको ५७ औं मिनेटमा भेलान्टी सिल्भाले गोल परेछि घरेलु टोलीको जित सुनिश्चित भयो ।

अर्को खेलमा फ्रान्सले बेलारुसलाई २–१ ले हराएको छ र समूह एको विजेता बन्दै विश्वकपमा पुगेको छ । नेदरल्याण्ड्ससँग २–० ले हरेपनि स्वीडेनले प्ले अफ खेल्न पाउनेछ ।

सन् २०१४ को विश्वकपमा तेस्रो भएको नेदरल्याण्ड्स भने बाहिरिएको छ ।

युरोपबाट फ्रान्स र पोर्चुगलसँगै जर्मनी, सर्बिया, पोल्याण्ड, इंग्ल्याण्ड, स्पेन, बेल्जियम र आइसल्याण्ड विश्वकपमा पुगेका छन् ।

अब युरोपियन देशका लागि ४ सिट छ । यसका लागि स्वीडेन, स्वीट्जरल्याण्ड,उत्तरी आयरल्याण्ड, रिपब्लिक अफ आयरल्याण्ड, डेनमार्क, इटाली, ग्रिस र क्रोएसियाबीच प्ले अफ हुनेछ ।

समूह एफको दोस्रो स्थानमा रहेर पनि स्लोभाकियाले प्ले अफ गुमाएको छ । किनकि उ दोस्रो स्थानमा रहेको सबैभन्दा कमजोर टिम बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment