+
विश्वकप फुटबल :

एउटै खेल नजितेको कोप भर्डे नकआउट यात्रामा, हार्दै नहारेको इरान बाहिरियो

२०८३ असार  १४ गते २१:५० २०८३ असार १४ गते २१:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा विश्वकप २०२६ मा केप भर्डे कुनै पनि खेल नजिती समूह चरणका सबै खेलमा बराबरी खेल्दै नकआउट चरणमा प्रवेश गरेको छ।
  • समूह ‘एच’ बाट स्पेन ७ अंकका साथ अघि बढ्दा दुईपटकको विश्वविजेता उरुग्वे २ अंक जोडेर समूह चरणबाटै बाहिरिएको छ।
  • अर्कोतर्फ इरानले समूह चरणका सबै खेलमा बराबरी खेले पनि कुनै खेल नहारीकनै प्रतियोगिताबाट बाहिरिनुपरेको छ।

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ मा समूह चरणमा एक टोलीले जितविनै नकआउट यात्रा तय गर्दा अर्काे एक टोली भने हारविनै समूह चरणबाट बाहिरियो ।

अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकपमा नवप्रवेशी केप भर्डे एक खेल पनि नजिति नकआउट चरणमा पुग्न सफल भयो ।

केप भर्डेले समूह चरणका तीन वटै खेलमा बराबरी खेल्दा नकआउट चरणको यात्रा तय गर्न सफल भयो । समूह ‘एच’ बाट दोस्रो स्थानमा रहँदै केप भर्डेले नकआउट चरणमा प्रवेश गरेको हो ।

केप भर्डेले पहिलो खेलमा उपाधि दाबेदार स्पेनलाई गोलरहित बराबरीमा रोक्यो । दोस्रो खेलमा उरुग्वेलाई २–२ को बराबरीमा रोकेको केप भर्डे तेस्रो खेलमा साउदी अरेबियासँग ०–० मा रोकिन पुग्यो । उक्त समूहबाट स्पेन ७ अंकसहित नकआउट चरणमा पुग्यो ।

तीनवटै खेलमा बराबरी खेलेको केप भर्डे नकआउट चरणमा पुग्दा दुईपटकको विश्वविजेता उरुग्वे २ अंक जोड्दै बाहिरिन पुग्यो । समान २ अंक बनाएको साउदी अरेबिया अंकतालिकाको पुछारमा रह्यो ।

केप भर्डे एक खेल पनि नजिति अर्थात् सबै बराबरी खेल्दै नकआउट चरणमा पुग्दा कुनै पनि खेल नहारेको इरान समूह चरणबाटै बाहिरियो । इरानले पनि केप भर्डे जस्तै सबै खेलमा बराबरी खेलेको थियो ।

पहिलो खेलमा न्यूजिल्यान्डसँग २–२ को बराबरी खेलेको इरानले दोस्रो खेलमा बेल्जियमलाई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो । तेस्रो तथा अन्तिम खेलमा इजिप्टसँग १–१ को बराबरीमा रोकिँदा इरान अर्काे चरणमा प्रवेश पाएन ।

इरान रहेको समूह ‘जी’ बाट समान ५ अंक जोडेर बेल्जियम र इजिप्ट नकआउट चरणमा प्रवेश गरे । ३ अंक जोडेको इरान र एक अंक जोडेको न्यूजिल्यान्ड समूह चरणबाटै बाहिरिए ।

विश्वकप फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय