News Summary
Generated by OK AI. Editorially reviewed.- स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलले फ्रान्सको पेरिसमा हुने वर्ल्ड गेम्सका लागि आफ्नो फुटबल टोलीलाई औपचारिक बिदाइ गरेको छ ।
- टोलीमा साक्षत नेपालसहितका सात खेलाडी र प्रशिक्षक पुष्प बिष्ट रहेका छन् ।
- असार २३ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि खेलाडीहरू २१ गते फ्रान्स प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
१४ असार, काठमाडौं । स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलको फुटबल टोलीले फ्रान्सको पेरिसमा हुने पेरिस वर्ल्ड गेम्समा सहभागिता जनाउने भएको छ ।
यही असार २३ गतेदेखि सुरु हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने आफ्नो फुटबल टोलीलाई स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलले आइतबार शुभकामनासहित बिदाई गरेको छ ।
फ्रान्स जाने टोलीमा साक्षत नेपाल, वाङदु दोर्जे गुरुङ, श्रियांश श्रेष्ठ, अर्नवराज भारती, आह्वान शाक्य, विहान खड्गी र लिसान श्रेष्ठ छन् । टिम प्रशिक्षकमा पुष्प बिष्ट (ज्वाला) छन् ।
स्वस्तिश्री गुरुकुलको फुटबल टोली यही असार २१ गते फ्रान्स जाने छ । पेरिस वर्ल्ड गेम्स अन्तर्गत फुटबल खेलको प्रतिस्पर्धा जुलाई ७ देखि १० सम्म हुने छ ।
पेरिस वर्ल्ड गेम्स खेल्न जाने टोलीलाई फ्रान्स दूतावासकी डेपुटी चिफ अफ मिसन एल्सा क्याली, विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकार, प्रबन्ध निर्देशक मिना महर्जन, प्रिन्सिपल नेहा केसीलगायतले एक कार्यक्रमबीच बिदाइ गरे ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न लागेको स्वस्तिश्री फुटबल टोलीलाई सफलताको शुभकामना व्यक्त गर्दै उत्कृष्ट प्रदर्शनका लागि हौसला प्रदान गरेका थिए ।
प्रतिक्रिया 4