Comments Add Comment

लक्ष्मीको पूजाआजा गर्दा धन प्राप्त हुन्छ, के छ यसको अर्थ ?

हामीकहाँ लक्ष्मीलाई धनकी देवी मानिन्छ । ज्ञान, शक्ति र धन तीन कुराले पूर्णता हुनु नै जीवनको सार्थकताका रुपमा बुझिन्छ । यसर्थ, ज्ञान र शक्ति जति अपरिहार्य छ, उति नै धन पनि ।

के लक्ष्मीको पूजा गर्दा धन प्राप्त हुन्छ ?

वास्तवमा पूजा भनेको श्रम र साधना हो । कुनै पनि प्राप्तिका लागि गरिने सार्थक श्रम र साधना नै खासमा पूजा हो । चाणक्य नीतिअनुसार लक्ष्मीपूजाको अर्थ साधना, श्रम र मिहिनेत हो ।

चाणक्य नीतिमा भनिएको छ, ‘फोहोर बस्त्र लगाउने, सरसफाइमा ध्यान नदिने, कटुभाषी, क्रोधी, खर्चालु, शौखिन व्यक्तिलाई लक्ष्मीले त्याग गर्छिन् ।’ साथै, सूर्योदय र सूर्यास्तका बेला सुत्ने व्यक्तिलाई लक्ष्मीले रुचाउँदिनन् ।

यो भनेको, स्वस्थ, फूर्तिलो, सफा, परिश्रमी र मिहिनेती हुनुपर्छ भन्ने हो । धन आर्जन गर्ने सूत्र पनि यही हो । अहिले विश्वमा जे जति धनाढ्य छन्, उनीहरुले कठोर लगाव, परिश्रम, सिर्जनशीलताकै आलोकमा टेकेर माथि उठेका हुन् ।

लक्ष्मीलाई प्रशन्न बनाउनका लागि सही समयमा सही ठाउँमा लगानी गर्न जान्नुपर्छ । लगानी गरिने क्षेत्रमा आफ्नो ज्ञान, अनुभव, सीप, सामथ्र्य र लगाव हुनुपर्छ । लक्ष्मी खुशी पार्न कुवेरको प्रतिमा राख्ने, नरिवल चढाउने धार्मिक परम्परा छ । यससँगै मुंगा, कौडा, शंख आदि चढाउनुपर्छ भनिन्छ । यी सबै सुख-समृद्धिका प्रतिक हुन् ।

अँध्यारोमा प्रकाशको उदय

तिहारलाई झिलिमिली चाड पनि भनिन्छ । यसबेला दीप प्रज्वलन गर्ने अर्थात् झिलिमिली बिजुली बत्ति बाल्ने गरिन्छ । रंगीचंगी बत्तीको प्रकाशले औंशीको रातलाई पनि उज्यालो बनाउँछ ।

तिहारमा घर सफा सुग्घर बनाउने, भाँडा बर्तन सफा गरेर सजाउने, फूलमालाले सजाउने, रंग रोगन गर्ने, रंगोली बनाउने गरिन्छ । अतः विभिन्न प्रकारका फलफूल, मिठाई अर्पण गर्दै लक्ष्मीको पूजाआजा गरिन्छ ।

तिहार कात्तिक कृष्ण पक्ष त्रयोदशीबाट सुरु हुन्छ । सुरुको दिनलाई काग तिहार भनिन्छ । यतिबेला कागलाई पूजा गर्ने, खानेकुरा दिने चलन छ । त्यसपछि कुकुर तिहार, गोरु तिहार, गाई तिहार, लक्ष्मी पूजा र भाइटीका मनाइन्छ । कात्तिक शुक्ल पक्ष द्वितीया तिथिको भाइटिका मनाएसँगै तिहार सम्पन्न हुन्छ ।

यसकारण यमपञ्चक

पौराणिक कथन यस्तो छ, सूर्यका छोरा यमराजले बहिनी यमुनाको निम्तो स्वीकारेर बहिनीको घरमा गई रमाइलो गरेका थिए । यस क्रममा यमुनाको आतिथ्यबाट प्रशन्न भई यमराजले बहिनीलाई भने, ‘जे मन लाग्छ माग ।’
यमुनाले भनिन्, ‘हरेक वर्ष आजको दिन मलाई भेट्न आउनुपर्छ दाजुभाइ-दिदीबहिनीको सम्बन्ध प्रगाढ होस् । दाजुभाइको आयु, कीर्ति बढोस् ।’

यमराजले पनि तथास्तु भने र मनसा, वाचा, कर्मणा एवं शुद्ध चित्तले भाृतपूजा गर्ने/गराउनेको उन्नती हुने बताउँदै बिदा भए । यही धार्मिक मान्यतासँगै सदियौंदेखि तिहार मनाउने प्रचलन सुरु भएको मानिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment