+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

ओलीको स्थानहद सम्झाउँदै प्रधानमन्त्रीलाई एमाले नेताले भने- यसरी चुनाव हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते २०:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीलाई अध्यक्ष केपी शर्मा ओलीलाई लगाइएको स्थानहदबारे प्रश्न उठाएका छन्।
  • एमाले नेता महेश बर्तौलाले ओलीलाई स्थानहद तोकिनुले सरकारको निर्वाचन नगराउने मनसाय देखिने आरोप लगाए।
  • जेनजी आन्दोलनको छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउनेगरी स्थानहद तोकेको छ।

११ मंसिर, काठमाडौं । नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लगाइएको स्थानहदबारे प्रश्न उठाएका छन् ।

प्रधानमन्त्री कार्कीले बिहीबार बालुवाटारमा बोलाएको छलफलमा सहभागी एमाले नेताहरूले ओलीलाई लगाइएको स्थानहदबारे प्रश्न उठाएका हुन् ।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले नेता महेश बर्तौलाले ओलीलाई स्थानहद तोकिनुले सरकारको निर्वाचन नगराउने मनसाय देखिने आरोप लगाए ।

निर्वाचनका विभिन्न गतिविधिमा संलग्न हुनुपर्ने बेला पार्टी अध्यक्ष ओलीलाई स्थानहद तोकेर सरकारले असहज परिस्थिति सिर्जना गरेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गरेको बर्तौलाले बताए ।

‘एउटा लोकप्रिय मत प्राप्त गरेको ठूलो राजनीतिक शक्तिको अध्यक्षलाई, पार्टीको अध्यक्षलाई स्थानहद तोकिने कुरा नै निर्वाचन गराउनका लागि आवश्यक वातावरण बनाउने पक्षमा सरकार छैन भन्ने कुराको यो एउटा महत्त्वपूर्ण उदाहरण हो, यसका बारेमा यहाँहरूले कसरी सोचिरहनु भएको छ भन्ने कुरालाई पनि हामीले गम्भिरताका साथ लियौं,’ प्रधानमन्त्री कार्कीसँगको छलफलबारे बताउँदै उनले भने, ‘लोकतन्त्रमा एउटा दलको नेताले निर्वाचन घोषणा गरिएको छ, निर्वाचन सम्बन्धी विभिन्न काम, प्रक्रिया, जनताका बीचमा जाने यी पक्षलाई असहजता निर्माण गर्नेगरी जे परिस्थितिलाई विकास भएको छ यो कुरालाई हामीले गम्भिरताका साथ उहाँहरूलाई ध्यानाकर्षण गरायौं ।’

नेता बर्तौलाले ओलीलाई स्थानहद लगाइएको प्रसंगमा प्रधानमन्त्री कार्कीले भने बैठकमा कुनै जवाफ नदिएको बताए ।

प्रधानमन्त्री कार्कीले डाकेको छलफलमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता बर्तौला सहभागी भएका थिए ।

जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई काठमाडौं उपत्यका बाहिर जान नपाउनेगरी स्थानहद लगाएको छ ।

जाँचबुझले छानबिन नसकिन्जेलसम्म उपत्यका छाड्न नपाउनेगरी तत्कालीन प्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री रमेश लेखक र पूर्व प्रहरी प्रमुख चन्द्र कुबेर खापुङलाई स्थानहद तोकेको छ ।

जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी कार्कीले यसअघि राजनीतिक दलका शीर्ष नेतालाई भेट्ने इच्छा नभएको बताएकी थिइन् ।

तर, पछिल्लो समय क्रमश: प्रधानमन्त्री कार्कीले दलका दोस्रो तहका नेतालाई बालुवाटार बोलाएर छलफल गरिरहेकी छन् ।

प्रधामन्त्री कार्कीको नियुक्ति नै असंवैधानिक र विघटित संसद् पुनर्स्थापनाको माग गर्दै निर्वाचनमा नजाने बताएको एमालेले पनि निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेपछि प्रधानमन्त्रीले सो दलका नेताहरूलाई बिहीबार बालुवाटार डाकेकी थिइन् ।

प्रधानमन्त्री कार्कीले दलका शीर्ष तहका नेतासँगै छलफलको तयारी गरेको चर्चा भएपनि त्यसबारे बिहीबारको बैठकमा भने केही कुराकानी नभएको नेता बर्तौलाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?