Comments Add Comment

खिचडी गठबन्धनबिरुद्ध सामान्य जितले मात्र पुग्दैनः नारायणकाजी

५ कात्तिक, गोरखा । नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले कम्युनिष्टको किल्ला मानिने गोरखामा गठबन्धनको जित सामान्य हुन नहुने भन्दै शानदार जितका लागि अभियान सुरु गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंसिर १० गते हुने प्रतिनिधिसभाको चुनावका लागि गोरखामा उम्मेदवारी मनोनयन पछि कार्यकर्तालाई सम्बोधन गर्दै नेता श्रेष्ठले बाम गठबन्धनको जितको केहि तर्क प्रस्तुत गरे ।

गोरखामा माओवादी-एमालेको संगठन बलियो रहेको, राष्ट्रिय स्वाधीनताको रक्षा, संविधान कार्यान्वयन तथा परिमार्जन र शान्तिपूर्ण प्रतिस्पर्धाबाट सामाजिक न्यायसहितको सम्बृद्ध मुलुक बनाएर समाजबादतर्फ उन्मुख हुने वाम गठबन्धनको लक्ष्य रहेकाले जनताले विश्वास गर्ने धेरै आधार रहेको उनको दावी छ ।

गोरखा क्षेत्र नम्बर २ बाट आफ्ना प्रतिस्पर्धी नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईप्रति कटाक्ष गर्दै नेता श्रेष्ठले कुनै बाद नभएका पार्टी र तिनका अबसरबादी नेतालाई जनताले चिनेको बताए ।

‘कुनै बाद नभएका उम्मेदवार र खिचडी गठबन्धनले यो देशमा कुनै योगदान गर्न सक्दैन, यो कुरा जनताले बुझेका छन् ।’ नेता श्रेष्ठले भने ।

‘कहिले मधेसी दलहरुसँग, कहिले बाम गठबन्धनमै त कहिले रुखसँग अँगालो मार्न पुग्ने नेताको कुनै बाद छ ?’ उनले प्रश्न गरे ।

बाम गठबन्धनले सृजना गरेको माहोल र भविश्यमा हुने पार्टी एकताका कारण सबैको मनोबल उच्च भएको उनको दावी छ ।

उनले गोरखामा माओवादीको जित सुनिश्चित भए पनि सामान्य जितले मात्रै नपुग्ने बताए ।

‘राष्ट्रिय आत्मसमर्पणबादी, ढुलमुले र खिचडी गठबन्धनबिरुद्धको जित सामान्य मात्रै भएर पुग्दैन, श्रेष्ठले भने, त्यसैले आजको आवश्यकता अत्याधिक बहुमतसहितको जित हो र हाम्रो सक्रियता त्यतैतर्फ हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment