+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

विद्युतीय सवारीका लागि चार्जर स्टेशन निर्माण गर्दै प्राधिकरण

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक ७ गते ६:२३

७ कात्तिक, काठमाडौं । तपाईं विद्युतीय सवारी साधन खरिद गर्दै हुनुहुन्छ वा खरिद गर्ने सोचमा हुनुहुन्छ भने तपाईँको लागि खुसीको खबर छ । विद्युतीय सवारी साधनलाई प्रवद्र्धन र उत्साहित गर्ने उद्देश्यसहित नेपाल विद्युत् प्राधिकरणले नेपालमा नै पहिलो पटक विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने नीति ल्याएको छ ।

नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले विश्वभरि लोकप्रिय बन्दै गएको विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्दै पेट्रोलियम पदार्थको निर्भरतालाई कम गर्न प्राधिकरणले ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने नीति ल्याएको बताए ।
राज्य र जनस्तरबाट समेत पेट्रोलियम पदार्थको भरपर्दो विकल्पको रूपमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगका लागि सशक्त रूपामा पहल हुनुपर्ने बताउँदै उनले यस योजनालाई राज्यले नीतिगत रूपमा नै अगाडि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिए ।

उनका अनुसार पेट्रोल पम्पजस्तै विभिन्न ठाउँमा सहज रूपमा निर्माण गर्न सकिने ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माणका लागि गृहकार्य र प्रक्रिया अगाडि बढाइसकिएको छ । सुरुमा काठमाडौँका विभिन्न स्थानमा यो चार्जर सेन्टर स्थापना गर्ने सोच प्राधिकरणको रहेको बताउँदै उनले पहिलो चार्जर स्टेसन काठमाडौँको रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा निर्माण गरिने जानकारी दिए । काठमाडौँपछि विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा, नेपालगन्जमा यो स्टेसन निर्माण गरिनेछ । गोरखापत्र दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?