+
+
Shares

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का मन्त्रालय तानिए

अनलाइनखबर अनलाइनखबर
२०७४ कात्तिक १३ गते १५:४९

१३ कात्तिक, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का आपूर्ति मन्त्रालय तानिएका छन् । सोमबार आपूर्तिमन्त्री जयन्त चन्दले खड्कालाई मन्त्रालय तान्ने निर्णय गरेका हुन् ।

उनलाई मन्त्रालयमा हाजिर गराउन औपचारिक पत्रसमेत पठाइसकिएको मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले जानकारी दिए ।

इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप लागेपछि उनलाई मन्त्रालय तानिएको हो । उनी पुनः निगम फर्कंदा थप क्षति हुन सक्ने बताउँदै मन्त्रालय तान्न निर्वाचन आयोगसँग अनुमति मागिएको थियो ।

गत ३१ असोजमा निर्वाचन आयोगले पनि उनलाई मन्त्रालय तान्न अनुमति दिएको थियो । आयोगको अनुमतिसँगै आपूर्ति सचिव कृष्णप्रसाद देवकोटाले उनलाई मन्त्रालयमा हाजिर गराउने निर्णय गरेका थिए ।

जग्गा खरिदमा अनियमितता गरेको बताउँदै गत २ असोजमा सरकारले खड्कालाई निगम कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । तर, सर्वोच्च अदालतले गत २२ असोजमा बर्खास्तीको निर्णय कार्यान्वयन नगर्न अन्तिरिम आदेश दिएपछि उनी निगम फर्किएका थिए ।

निगमको जग्गा खरिद प्रकरणबारे हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?