Comments Add Comment

प्राविधिकले पैसा नपाउँदा २ महिनादेखि रोकियो निखिलको ‘कमिटमेन्ट’को छायांकन


नायक निखिल उप्रेतीको निर्देशनमा तयार भैरहेको चलचित्र ‘कमिटमेन्ट’को छायांकन विगत २ महिनादेखि हुन सकेको छैन । यसको मुख्यकारण, प्राविधिकलाई पारिश्रमिक नदिनु वुझिएको छ ।

पारिश्रमिक नपाएपछि १९ जना प्राविधिकले काम नगरेपछि छायांकन अवरुद्ध भएको हो । नेपालसँगै अमेरिका, थाइल्याण्ड, सिंगापुर लगायतका स्थानमा छायांकन हुने भनिएको यो चलचित्रलाई ३ करोड माथिको बजेटमा निर्माण गर्ने लक्ष्य राखिएको छ । चलचित्रको अहिलेसम्म ३० प्रतिशत मात्र छायांकन सकिएको छ । निखिलले केही भारतीय कलाकारको साथमा चलचित्रको छायांकन गरिसकेका छन् ।

चलचित्र प्राविधिक संघको पहलमा असन्तुष्ट प्राविधिक र निखिलविच १५ दिन भित्र पारिश्रमिक दिने सहमती भएको छ । संघका अध्यक्ष पुष्कर लामाले स्पष्ट कुरा खुलाउन चाहेनन् । उनले भने-‘कुरा त्यस्तो गम्भिर होइन । केही प्राविधिक पारिश्रमिकका कारण असन्तुष्ट भएका थिए । अहिले निखिलजी र प्राविधिकविच सहमति भैसकेको छ ।’ १५ दिनपछि चलचित्रको छायांकन सुरु हुने पुष्करले बताए ।

निखिलले विभिन्न प्राविधिकको टिमलाई ७ लाख बराबरको रकम दिन बाँकी छ । सोही रकम नपाएपछि प्राविधिकहरुले काम रोकेका थिए । यो चलचित्रमा निखिल उप्रेती र उनकी साली सिवानीको मुख्य भूमिका छ । साथमा, भारतका केही चर्चित कलाकारले पनि चलचित्रमा काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment