Comments Add Comment

सीपी मैनालीका श्रीमान–श्रीमती नै समानुपतिक सूचीमा

१८ कात्तिक, काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनाली वाम गठबन्धनमा छैनन् । विगतमा उनको पार्टीबाट समानुपातिक सांसद बनेका अइन्द्रसुन्दर नेम्वाङ लगायतका नेताहरु एमालेको समानुपातिक सूचीमा छन् ।

तर, पार्टी जति सानो बन्दै गए पनि मैनालीले यस वर्ष पनि समानुपातिकको सूचीमा आफू र आफ्नी पत्नी निलम खड्कालाई समेत समेटेका छन् ।

दोस्रो संविधानसभामा पनि मैनाली दम्पती पार्टी कार्यकर्ताको भोटबाट सांसद बनेका थिए । र, उनीहरु पालैपालो मन्त्रीसमेत बने ।

निर्वाचन कानूनले थ्रेसहोल्डको व्यवस्था गरिसकेका अवस्थामा पनि केही साना पार्टीहरु समानुपातिकतर्फबाट सांसद बन्न पाइने आशमा छन् । यही आशमा रहेका नेकपा मालेका महासचिव मैनालीले आफ्नो नाम समानुपातिकको तेस्रो नम्बरमा राखेका छन् । पत्नी निलम केसीको नाम १८ औं नम्बरमा छ ।

हँसिया र तारा चुनाव चिन्ह लिएर निर्वाचन लड्ने नेकपा माले र जनसमाजवादी दुबैले प्रतिनिधिसभातर्फका ११० सिटमध्ये १०८ जनाको नाम बन्दसूचीमा समावेश गरेका छन् ।

नेकपा एमालेका संस्थापक नेताका रुपमा रहेका मैनालीले ०५६ सालमा वामदेव गौतमसँग मिलेर नेकपा माले गठन गरेका थिए । पछि गौतम एमालेमा फर्किए पनि मैनाली फर्केनन् ।

केपी ओलीको सरकारमा सहभागी बनेका मैनालीलाई दशैंका बेला वाम गठबन्धन निर्माण हुँदा एमाले नेताहरुले वास्तै गरेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment