+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गगनलाई लक्षित गरी ‘रिमोट कन्ट्रोल’ बाट बम विष्फोट गराइएको आशंका

अनुसन्धानका क्रममा ४० जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर १८ गते १७:४८
फाइल फोटो

१८ मंसिर, काठमाडौं । काठमाडौंको चपलीमा सोमबार कांग्रेस उम्मेदवार गगन थापालाई लक्षित गरी ‘रिमोट कन्ट्रोल’ बाट बम बिष्फोट गराइएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

‘रिमोट कन्ट्रोलबाट बम बिष्फोट गराइएको हुन सक्ने देखिएको छ’, काठमाडौं प्रहरी परिसरका प्रमुख रविन्द्र धानुकले अनलाइनखबरसँग भने, ‘थप अनुसन्धान भइरहेको छ ।’

धानुकका अनुसार घटनास्थलबाट अनुसन्धानका क्रममा ४० जनालाई पक्राउ गरी अनुसन्धान थालिएको छ ।

थापाको चुनावीसभाका क्रममा बम विष्फोट हुँदा उनीसहित अन्य १० जना कांग्रेस कार्यकर्ता घाइते भएका थिए ।

कसले बम विष्फोट गराएको हो भन्ने खुलेको छैन ।

यो पनि पढ्नुस्

काठमाडौंको चपलीमा बम विस्फोट, गगन थापासहित ११ घाइते

बम विस्फोटमा घाइते भएका गगनले भने–म संयोगले बचेँ

गगनमाथि बम प्रहारको कांग्रेसद्वारा निन्दा

गगनलाई भेट्न राजन शिक्षण अस्पताल पुगे तर, भिडले रोक्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?