+
+
Shares

चुनावलाई स्वागत गर्दै बन्द भयो सेयर बजार, दोहोरो अंकको वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०७४ मंसिर २० गते १५:४५


२० मंसिर, काठमाडौं । मंसिर २१ गते हुने प्रतिनिधि सभा, प्रदेशको दोस्रो चरणको चुनावलाई स्वागत गर्दै सेयर बजार बन्द भएको छ ।

चुनावकै प्रभाव बजारमा दिर्घकालिन नहुने भएपनि केही दिनसम्म यसको प्रभाव भने देखिने गरेको छ । नियमित चुनावले देशमा स्थिर सरकार निर्माण गर्ने, लगानीको वातावरण बढ्ने लगायत सकारात्मक सन्देश दिन्छ । यस दिन बजार दोहोरो अंकले बढेर १५३६ विन्दुमा पुगेको छ । नेप्से ११.६७ अंकले बढेको हो ।

यस दिन नेप्से परिसूचक लगातार बढ्दो प्रवृत्तीमा देखियो । बुधवार बजारमा १ सय ६६ कम्पनीको सेयर किनबेच भएर ६७ करोड ९३ लाख रुपैयाँको कारोबार भएको हो ।

कारोबारमा आएका मध्ये व्यापारमुलक समूहको बाहेक सबै समूहगत परिसूचक बढेको छ । यसदिन १ सय १६ कम्पनीको सेयर मूल्य बढेर कारोबार भएको छ । ३१ कम्पनीको भने मूल्य घटेर सेयर कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?