शुक्रबार, २९ मंसिर, २०७४
OnlineKhabar.com
Advertisment
SKIP THIS
Advertisment
SKIP THIS

प्रकाशमान भन्छन्- मेरो प्रतिस्पर्धीको ‘रियल ग्राउण्ड’ कमजोर छ

काठमाडौं १ का उम्मेदवार प्रकाशमानद्वारा क्षेत्रनम्बर ७ मा मतदान

अनलाइनखबर

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले चुनावमा आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरेका छन् ।

काठमाडौं क्षेत्रनम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले अरु उम्मेदवारहरु कमजोर रहेकाले आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।

‘मेरो प्रतिद्वन्द्वीभन्दा म धेरै अगाडि छु । मिडियाले प्रतिस्पर्धी भनिएका उम्मेदवार रियल ग्राउण्डमा कमजोर छन्,’ उनले भने, ‘पहिलो संंविधानसभामा भन्दा दोस्रोमा धेरै मत ल्याएको थिएँ । अहिले अझ धेरै मत ल्याउँछु ।’

नेता सिंहले आफूलाई भोट हाल्न भने पाएनन् । उनी काठमाडौं क्षेत्रनम्बर १ का उम्मेदवार हुन् तर, काठमाडौं क्षेत्रनम्बर ७ को पकनाजोलस्थित युवक जनता माविबाट मतदान गरेका छन् ।

काठमाडौं क्षेत्रनम्बर १ मा वाम गठबन्धनबाट माओवादीका अनिल शर्मा र साझा विवेकशिल पार्टीबाट रविन्द्र मिश्र प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।

२०७४ मंसिर २१ गते ९:१२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१ प्रतिकृया प्राप्त
  • Dinesh Poudel लेख्नुहुन्छ    |   २०७४ मंसिर २१ गते २१:४१

    बाबुको नाम बेचेर राजनीति गरिहेर्छन् बबुरा । बाबुलाई पार्टीबाट घोक्र्याएर निकाल्नेहरुको सहायतामा बाँचेका छन् । के गरुन् ।

    0
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this