सोमबार, २५ मंसिर, २०७४
OnlineKhabar.com

घरेलु उपचार कति प्रभावकारी र सुरक्षित हुन्छ ?

अनलाइनखबर

हामीलाई थाहा छ, एलोपेथिक उपचार भन्दा घरेलु उपचार राम्रो हुन्छ । राम्रो यसकारण कि, यसको कुनै साइट इफेक्ट हुँदैन । तुलनात्मक रुपमा घरेलु उपचार धेरै सस्तो हुन्छ । सजिलो पनि । घरेलु उपचारले दीर्घकालिन प्रभाव पार्छ ।

तर, यसको अर्को पाटो पनि छ । एलोपेथिक जस्तो घरेलु उपचारको तुरुन्त प्रभाव देखिदैन । यसले बिस्तारै प्रभाव पार्ने हो । कतिपय अवस्थामा हामीलाई यसको मात्रा र प्रयोग विधी पनि थाहा हुँदैन ।

के हो घरेलु् उपचार ?

प्राकृतिक घरेलु उपचार यस्तो विधी हो, जो घरमा सजिलै उपलब्ध हुने बस्तुबाट तयार हुन्छ । जस्तो कि, अदुवा, लसुन, मसला, घिउकुमारी, तुलसी, प्याज, गोलेभडा, बेसार, नुन, मरिज, जडीबुटी आदि । यी यस्ता चिज हुन्, जो हाम्रो भान्सामा जहिले पनि उपलब्ध हुन्छ ।

घरेलु उपचार कसको लागि ?

घरेलु उपचारको आम विशेषता के भने, यसलाई सामान्य व्यक्तिले पनि उपयोग गर्न सक्छन् । यसकारण कुनै विशेषज्ञताको आवश्यकक्ता हुँदैन । यद्यपी यसलाई उचित तरिकारले वा उचित विधी अनुसार गर्न जान्ने हो भने त्यो थप प्रभावकारी हुन्छ ।

जटिल शारीरिक समस्यामा  घरेलु उपचार विधीले तत्काल प्रभाव पार्दैन । यद्यपी दीर्घरोग लगायत कतिपय समस्यामा भने घरेलु उपचार राम्रो विकल्प हो । डन्डिफोर वा छालाको अन्य समस्या, दाद, केस झर्ने, यीस्ट संक्रमण, टाउको दुख्ने, पेटको समस्या, ज्वरो, कब्जियत, रुँघा, श्वास संक्रमण जस्ता समस्यामा घरेलु उपचार प्रभावकारी हुन्छ ।

घरेलु उपचारले कसरी काम गर्छ ?

१. घरेलु उपचारले सुक्षम जीवलाई मार्छ वा त्यसको बृद्धिलाई रोक्छ ।

२. कति सूक्ष जीवलाई जीवित राख्नका लागि अनुकूल वातावरण बन्न दिंदैन ।

३. प्रतिरक्षा प्रणाली बलियो बनाउँछ । शरीरको सूक्ष्म जीवसँग लड्न सक्षम बनाउँछ ।

घरेलु उपचारको फाइदा

अहिले घरेलु उपचार विधीबारे सजिलै जानकारी लिन सकिन्छ । विभिन्न वेबसाइट, फेसबुक, युट्युबमार्फत पनि कुन समस्यको उपचार कसरी गर्ने भन्ने कुरा जानकारी लिन सकिन्छ ।

–     घरेलु उपचारको प्रयोग गर्नु वा तयार गर्नु सरल छ । कुनै विशेषज्ञताको आवश्यक्ता हुँदैन । जो कोहिले यसलाई तयार गर्न सक्छन् ।

–     घरेलु उपचारको दुष्प्रभाव कम हुन्छ ।

–     घरेलु उपचारमा यस्तो कुनै रसायन हुँदैन, जो शरीरका लागि हानिकारक हुन्छ ।

–     घरेलु उपचार सस्तो र सजिलै मिल्छ ।

–     कतिपय रोगमा घरेलु उपचार अधिक प्रभावकारी हुन्छ ।

–     एकै घरेलु उपचारले कति प्रकारका उपचार गर्छ ।

२०७४ मंसिर २१ गते १५:३१ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया