+

मधुमेह रोगीको यौन जीवन कस्तो हुन्छ ? करुणाले खोलिन् रहस्य

२०७४ मंसिर  २४ गते १६:३९ २०७४ मंसिर २४ गते १६:३९
मधुमेह रोगीको यौन जीवन कस्तो हुन्छ ? करुणाले खोलिन् रहस्य


करुणा जी,
म ५३ वर्षको पुरुष हुँ । सात वर्षयता मधुमेह रोगले पीडित छु । सुनेअनुसार मधुमेहका लक्षणहरुमध्ये एउटा लक्षण यौन शिथिलता पनि हो । ५० वर्ष पार गर्दा र मधुमेह रोगी हुँदा पनि मेरो यौनेच्छामा कमी आएको छैन ।

मेरी श्रीमती मभन्दा आठ वर्ष कान्छी छन् । तीन वर्षअघि उनको पाठेघरको शल्यक्रिया गरेकाले होला, उनमा यौन इच्छा शुन्यबराबर छ । कहिलेकाहीँ यौन सम्पर्क राख्न खोज्दा उनी तर्किने गर्छिन् । अब मैले के गर्नु उपयुक्त हुन्छ ?

सामान्यतया पुरुषको यौनेच्छा ४२ वर्षपछि कम हुन थाल्छ । यो विज्ञानले प्रमाणित गरेको सत्य हो । मानव शरीरले प्रत्येक सात वर्षमा आफ्नो रुप फेर्ने गर्छ ।

सात वर्षसम्म बालपन, १४ वर्षदेखि किशोरपन, २१ वर्षपछि यौवन, २८ वर्षपछि शरीर र मनमा परिपक्वता, ३५ वर्षपछि शरीरले सबै किसिमका पूर्णता प्राप्त गर्छ । यही विज्ञानअन्तर्गत ४२ वर्षपछि शरीरमा यौन इच्छालगायत अन्य इच्छामा कमी हुन थाल्छ । तपाईंमा ५३ वर्षमा पनि यौनेच्छा उस्तै रहनु वा कम नहुनुमा केही कारण हुन सक्छन् ।

तपाईंले आफ्नी श्रीमती आठ वर्ष कान्छी भएको र शल्यक्रियापछि उनमा यौनेच्छा कमी भएको बताउनु भयो । तर, तपाईंहरुको विवाह भएको कति वर्ष भयो, पहिले तपाईंहरुको यौन जीवन कस्तो थियो, त्यसबारे खुलाउनु भएन ।

अपूरो सूचनाका आधारमा तपाईंलाई उचित र परिपक्व सुझाव दिन सकिँदैन । यद्यपि, तपाईंको प्रश्नमा टेकेर केही सुझाव दिने प्रयास गरेकी छु ।

खासमा आफ्नो यौवनमा राम्रोसँग यौनेच्छा पूरा गर्न नसकेका वा विभिन्न कारणले यौनेच्छा दबाएका पुरुषहरु ५० वर्षपछि यौनमा निकै चासो राख्न थाल्छन् । हाम्रो समाजमा मानिसलाई सभ्य, सुसंस्कृत एवं एक नारी ब्रम्हचारीको पाठ पढाइने गरिन्छ ।

फलस्वरुप उमेरमा आफ्नो शारीरिक र मानसिक बलले यौनका कतिपय आवेग दबाउँदै जानुपर्ने बाध्यता छ । शरीरको भोक दबाए पनि मनले यो प्राकृतिक कुरा खोजिरहेको हुन्छ । जब शारीरिक बल कमजोर हुन्छ, मनभित्रका चाहना उर्लिएर आउँछन् ।

ती चाहनालाई रोक्न गाह्रो हुन्छ । यही कारण गाउँघरमा बूढेसकालमा विवाह गर्ने, बूढेसकालमै अनैतिक सम्बन्ध राख्ने क्रम बढेको देखिन्छ । कतिपय पाका लोग्ने मानिसलाई गाउँघरमा ‘पात्तिएको बुढो’ नामाकरण गर्ने चलन पनि छ । यी कुरा ती व्यक्तिमा धेरैजसो लागू भएको देखिन्छ, जो युवावस्थामा समाजमा भलाद्मीका रुपमा चिनिने गर्थे ।

५३ वर्षको उमेरमा त्यो पनि मधुमेहको बिरामी हुँदा हुँदै तपाईंमा यौनेच्छा घट्नुको साटो बढिरहेको छ भने पक्कै पनि आफ्नो सक्रिय उमेरमा तपाईंले आफ्ना धेरै यौनेच्छालाई दबाउने प्रयास गर्नुभयो ।

शायद सार्वजनिक जीवन बाँच्ने वा इज्जतिलो जागिरमा हुनुहुन्थ्यो होला । मनमा उर्लेका कतिपय यौन क्रियाकलापलाई खुलेर भन्न वा क्रिया गर्न सक्नुहुन्थेन होला । उमेरमा दबाइएका यौनेच्छा अहिले आएर शरीरमा रुपान्तरित भइरहेका हुन् कि भन्ने तपाईंको प्रश्नबाट झल्किन्छ ।

यो उमेरमा आफ्ना यौन चाहनाका लागि बाहिर जानु नेपालजस्तो मुलुकमा सम्भव छैन । तर, यसलाई दबाउनु झन् बढी हानिकारक हुनसक्छ । तपाईंकी श्रीमतीसँग यससम्बन्धी सल्लाह गरेर मुख मैथुन वा अन्य खालको सहयोग लिएर तपाईं यौनइच्छा पूरा गर्न सक्नुहुन्छ ।

यो उमेरमा योग ध्यानको शुरुवात गर्न सकिन्छ । तर, मैले दिने सुझावमा योग र ध्यानलाई धार्मिक कृत्यमा भन्दा पनि यौनेच्छा पूरा गर्ने साधनका रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईंलाई जुनबेला कामेच्छा जाग्छ, त्यसबेला ध्यानमा बस्नुहोला र आफूलाई कस्ती स्त्रीसँग कस्तो आशनमा यौन क्रियाकलाप गर्न मन लागेको छ, त्यो कल्पना गर्नुहोला । शुरु-शुरुमा यसो गर्दा तपाईंलाई गलत काम गरेझैं लाग्छ । किनभने हाम्रो मनमा ध्यान वा योग भनेको ईश्वर पाउन मात्र गरिन्छ भन्ने सिकाइएको छ ।

तर, तपाईं जब कल्पनामा आफूलाई मनपर्ने स्त्रीसँग मनपर्ने आसनमा सम्बन्ध राख्न थाल्नुहुन्छ, तपाईंलाई अपार आनन्द आउनथाल्छ । यसले अचेतनमा दबेका तपाईंका सारा इच्छा पूरा हुन थाल्छन् । मधुमेह रोगका कारण तपाईं पूर्ण रुपमा शारीरिक सम्बन्ध राख्न सक्नुहुन्न तर कल्पनामा भरपुर मात्रामा सक्नुहुन्छ ।

कल्पनामा तपाईंकी स्त्री रोगी र यौनेच्छा नभएकी श्रीमती होइन, तपाईंले खोजेजस्तै अद्भूत सुन्दरीसँग सम्बन्ध राख्न सक्नुहुन्छ । यसलाई ‘आत्मरती’ पनि भन्ने गरिन्छ । यसबाट विस्तारै-विस्तारै तपाईंका अचेतन मनका यौन चाहना पूरा हुन थाल्छन् र तपाईं अहिलेजस्तो अति कामुकताबाट मुक्त हुन सक्नुहुन्छ ।

 

करुणा कुँवर यौन जीवन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

एस्पिरिनले क्यान्सरको जोखिम कम गराउँछ, कसरी ?

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

स्वास्थ्यसँग जोडिएका १२ मिथकहरू, जसलाई तोड्नु आवश्यक छ

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

विदेशी नागरिकता लिने १७ डाक्टरको नाम दर्ता किताबबाट हटाइयो

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

एक वर्षदेखि सञ्चालनमा एनआईपीटी सेवा, अब नेपालमै परीक्षण सम्भव

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्दन दुख्ने समस्या किन बढ्दै छ यति धेरै ?(भिडियो)

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?

गर्भपतन : सुरक्षित भनिएको देशमा किन भइरहेका छन् असुरक्षित मृत्यु ?