२५ डोटी, मंसिर । बहालबाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री बिरबहादुर बलायरलाई हराउँदै एमाले नेता प्रेमबहादुर आलेमगर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन ।
मंसिर २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आले ३२ हजार ५ सय १० मतसहित बिजयी भएका छन । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका मन्त्री बलायरले ३० हजार आठ सय ७८ मत प्राप्त गरे ।
एमालेका वैकल्पिक केन्द्रीय सदस्य समेत रहेका वाम गठबन्धनका उम्मेदवार आलेले आफ्ना प्रतिस्पर्धी बलायरलाई एक हजार ६ सय ३२ मतले पछाडि पारे ।
मंसिर २२ गते राति करीव १० बजेबाट सुरु भएको प्रत्यक्ष तर्फको मतगणना सोमबार बिहान करिब ३ बजे सम्पन्न भएको थियो ।
प्रदेशसभामा एमाले र कांग्रेसले जिते एक-एक सिट
दुई स्थान रहेको प्रदेश सभा सदस्यका लागि बाम गठबन्धन र नेपाली कांग्रेसले एक-एक स्थान हात पारेका छन । प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा नेपाली कांग्रेसका भरतबहादुर खड्का बिजयी भए । निवर्तमान सांसद समेत रहेका खड्काले १७ हजार चार सय ६ मतसहित बिजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनका उम्मेद्वार नेकपा एमाले डोटी जिल्ला अध्यक्ष चक्रबहादुर मल्लले १६ हजार सात सय ९३ मत प्राप्त गरेका थिए ।
यस्तै प्रदेश सभा ‘ख’ मा वाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य त्रिलोचन भट्ट बिजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका योगेन्द्रबहादुर शाहीलाई दुई हजार पाँच सय ९२ मतले पछाडि पारे । भट्टले १० हजार ९१ मत र शाहीले १३ हजार चार सय ९९ प्राप्त गरेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन निर्वाचन अन्तरगत समानुपातिकको मतगणना सोमबार बिहान ११ बजेबाट हुने मुख्य निर्वाचन अधिकृत डोटी जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुले जानकारी दिए ।
प्रतिक्रिया 4