+
+

केन्द्र र प्रदेशको सरकार गठनपछि मात्रै पार्टी एकताः पोखरेल

आरपी सुवेदी आरपी सुवेदी
२०७४ मंसिर २७ गते १९:१९

२७ मंसिर, नेपालगञ्ज । नेकपा एमाले नेता तथा शंकर पोखे्रलले केन्द्र र प्रदेश सरकार गठनपछि मात्र पार्टी एकता हुने बताएका छन् ।

एउटै घोषणा पत्रमा चुनाव लडेको कारण सरकारको नीति तथा कार्यक्रमहरु एउटै हुने भन्दै उनले पहिला जनादेशको सम्मान अनि मात्र पार्टी एकता हुने बताए ।

नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा पोखरलले भने, ‘छिटो भन्दा छिटो केन्द्रीय सरकारको गठन, प्रदेश सरकारको गठन गर्छौं । अनि मात्र पार्टी एकीकरण हुन्छ ।’

पोखरेलले एक महिना भित्र केन्द्रीय सरकार निर्माण हुने र केन्द्रीय सरकार गठन पछि नै प्रदेश सरकारका लागि पहल हुने बताए । उनले भने, बर्तमान सरकारले निर्वाचन पहिला नै प्रदेश सरकारको लागि आवश्यक संरचना निर्माण गर्नुपर्ने भएपनि सो नगरेको कारण केही समय अलमल हुनसक्छ ।’

जनताबाट अस्वीकृत भएको बर्तमान सरकारलाई दिर्घकालिन असर पर्नेर् खालका राजनीतिक नियुक्ति गर्ने नैतिक अधिकार नभएको उनले बताए । भने, ‘ताजा जनादेशलाई उपेक्षा नगर्न समेत चेतावनी दिन चाहन्छु ।’

उनले सरकारले तत्काल नरोके नयाँ जनादेशका साथ निर्वाचित भएर आउने सरकारले सबै खारेज गरेर अघि बढ्ने बताए ।

कम्युनिष्टले जितेमा अधिनायकबाद लाद्छ भनेर कुर्लनेहरुलाई जनताले नै बहिस्कार गरेको दाबी गर्दै भने, ‘जनताले कम्युनिष्टहरु नै सच्चा लोकतन्त्रवादी हुन भनेर सन्देस दिदै जनादेश दिएकोले अनावश्यक हल्ला गर्नेहरु किनारा लागेका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?