+
+
Shares

मिस इराक र मिस इजरायलको सेल्फीले हंगामा, परिवारले छाड्नुपर्‍यो देश

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष ४ गते १३:१८

मिस यूनिभर्स प्रतियोगिताको दौरान मिस इराक सारा इदानले मिस इजरायल अदार गेंडल्सम्यानसँग सेल्फी खिच्दा ठूलो मूल्य चुकाउनु परेको छ । यही सेल्फीको निहुमा साराको परिवारलाई धम्की आयो र उनीहरुले देश छोड्न वाध्य हुनुपर्‍यो ।

यसै वर्ष १४ नोभेम्बरमा मिस युनिभर्स २०१७ प्रतियोगिताका दौरान साराले अदारसँग सेल्फी खिचेर आफ्नो इन्स्टाग्राम अकाउन्टमा पोस्ट गरेकी थिइन् । यो सेल्फी पोष्ट गरेको तथा प्रतियोगिताका लागि बिकनी सुट गराएको निहुमा सारालाई धम्की आउन थाल्यो ।

सेल्फी पोष्ट गर्नासाथ सारा र उनको परिवारलाई ज्यान मार्ने तथा मिस इराकको उपाधि खोस्ने धम्कीहरु आए । यही धम्कीका कारण साराको परिवार इराक छोडेर अमेरिका पलायन भएको छ ।

मिस इजरायल अदारले एउटा न्यूज च्यानललाई दिएको अन्तरवार्तामा भनेकी छिन् कि सारा अहिले अमेरिकामा आफ्नो परिवारका साथ बस्छिन् ।

सारा इदानले सम्पूर्ण घटनालाई लिएर एउटा टि्वट पनि गरेकी छिन् । उनले लेखेकी छिन्, ‘म पहिलो र अन्तिम व्यक्ति होइन, जसले व्यक्तिगत स्वतन्त्रतालाई लिएर यस प्रकारको निर्णय लिनुपरेको होस । लाखौं इराकी महिलाहरु यस्तै प्रकारको डरमा बाँच्न विवश छन् ।’

लामो समयदेखि इराक र इजरायलबीच सम्वन्ध राम्रो छैन । दुई देशबीच कयौंपटक युद्ध भइसकेको छ र लाखौं मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?