Comments Add Comment

मेलवर्नमा नेपाली सामुदायिक भवन बनाउन घले दम्पत्तिद्वारा दुई लाख ८८८ डलर प्रदान 

मेलवर्न । अष्ट्रेलियाको मेलवर्नमा निर्माण हुन लागेको नेपाली सामुदायिक भवन निर्माणका लागि अष्ट्रेलियाका सफल ब्यबसायी एवं परोपकारी ब्यक्तित्वहरु शेष घले र जमुना गुरुङले दुई लाख अाठ सय ८८ डलर प्रदान गरेका छन् ।

सामुदायिक भवन निर्माण गर्न आर्थिक सहयोग जुटाउने उदेश्यले मेलवर्नमा आयोजना गरिएको महापुराण कार्यक्रममा पुगेर आइतबार उनीहरुले सो रकम दान गर्ने घोषणा गरेका हुन् ।

नेपाली सामुदायिक भवन निर्माणका लागि यति ठूलो रकम दान दिइएको नेपाली डायस्पोरामा सम्भवतः यो पहिलोपटक हो ।

झण्डै साढे दुई दशकदेखि मेलवर्नमा ब्यबसाय गरिरहेका घले दम्पत्ति सफल उद्यमी एवं परोपकारी ब्यक्तित्व हुन् ।

उनीहरुको पहलमा नेपालको स्वास्थ्य एवं शिक्षा क्षेत्रमा काम गर्नेगरी एक अर्ब रुपैयाँको एमआईटी फाउण्डेसनसमेत स्थापना भएको छ । घले गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्षसमेत हुन् । ‘अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली संस्कृति एवं पहिचानलाई स्थापित गर्न यो सामुदायिक भवनले निकै ठूलो महत्व राख्ने मैले बिश्वास लिएको छु ।’ घलेले भने- यसले अष्ट्रेलियामा नेपाली समाजको एकता र सम्बृद्धिलाई समेत झल्काउने छ ।’

सामुदायिक सम्पत्ति सिर्जना गर्ने काममा हरेक ब्यक्तिको सक्रियता र अपनत्व हुनुपर्छ भन्नेमा आफुले सधै बिश्वास राख्ने गरेको भन्दै घलेले गैरआवासीय नेपाली संघको नेतृत्व गर्दा पनि सोही मान्यतालाई स्थापित गरेको घलेले बताए ।

‘संघको भवन बनाउँदा होस् वा अन्य परोपकारी कार्यमा मैले सामूहिक अपनत्वलाई प्राथमिकता दिएको थिएँ, मेलवर्नको सामुदायिक भवनको हकमा पनि सोही कुरा लागू हुन्छ ।’ घलेले भने ।

झण्डै १५ लाख डलर लागत पर्ने अनुमान गरिएको यो परियोजनाको खर्च जुटाउन मेलवर्नवासी हरेक गैरआवासीय नेपाली आजीवन सदस्य बन्नुपर्ने उनको सुझाव छ । १ हजार ५ सय डलर तिरेपछि आजीवन सदस्य बन्न पाइन्छ ।

फाउण्डेसनकी संस्थापक जमुना गुरुङले सामुदायिक भवन निर्माणका लागि सहयोगी बन्न पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् ।

पशुपतिनाथ र स्वयम्भुनाथको मन्दिरसमेत अटाउनेगरी बनाउन लागिएको नेपाली सामुदायिक भवन निर्माणका लागि मेलवर्नमा रहेका नेपाली समुदायले सक्रियतापूर्वक सहयोग प्रदान गरेका छन् ।

महापुराणमा रकम दान गरेपछि घले दम्पत्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment