+
+

मिर्गौला, क्यान्सर र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता

अनलाइनखबर अनलाइनखबर
२०७४ पुष १३ गते १३:१५

१३ पुस, काठमाडौं । सरकारले मिर्गौला, क्यान्सर र र स्पाइनल कर्ड इन्जुरीका विरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता लिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले दुवै मिर्गौला फेल भएका, क्यान्सर रोग लागेका र स्पाइनल कर्ड इन्जुरी भई प्यारालाईसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको लागि विश्व बैंकले दिने ६० मिलियन डलर अर्थात करिव ६ अर्ब २१ करोड ऋण सहायता लिने स्विकृति गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

यस्तै कोरिया सरकारको काठमाडाैं विश्व विद्यालयको अनुसन्धान तथा तालिम विकास केन्द्र स्थापनाका लागि उपलब्ध गराउने करिव १ अरव ४ करोड अनुदान सहायता पनि स्विकृत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?