Comments Add Comment

शहरी विकासमन्त्री गिरी बर्खास्त

१७ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकास मन्त्री दिलनाथ गिरीलाई बर्खास्त गरेका छन् ।

राप्रपाले गिरीलाई सरकारबाट फिर्ता बोलाएको पत्र पठाएपछि देउवाले उनलाई मन्त्री पदबाट हटाएका हुन् । शहरी विकास मन्त्रालयको जिम्मेवारी राप्रपा अध्यक्ष समेत रहेका उपप्रधान एवं उर्जामन्त्री कमल थापालाई दिइइको छ ।

उपप्रधानमन्त्री थापा र गिरीबीच पछिल्लो मन्त्रिपरिषद् बैठकले भनाभन भएको थियो । त्यसको भोलिपल्टै थापाले पार्टीको बैठक राखेर गिरीलाई फिर्ता बोलाउने निर्णय गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment