+
+
Shares

चार दिनदेखि हराएका युवक अस्पतालनजिकै मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १४ गते १५:१८

१४ माघ, भक्तपुर । भक्तपुरको वंशुगोपालबाट चार दिनअघि हराएका एक पुरूष आइतबार सल्लाघारीमा अस्पतालनजिकैको झाडीमा मृत अवस्थामा भेटिएका छन् ।

डा. इवामुरा अस्पतालनजिक झाडीमा ३३ वर्षीय देवकुमार मानन्धरको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । शव फेला परेको थाहा पाएपछि महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो ।

अनुसन्धानका क्रममा उनी माघ १० गते हराएका भक्तपुर नगरपालिका ७ बंशुगोपालका ३३ वर्षीय देवकुमार मानन्धर रहेको खुलेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसार्इंले जानकारी दिए ।

प्रहरीले उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ । घटनाको बारेमा अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?