१५ माघ, काठमाडौं । प्रहरीले अवैध रुपमा रक्तचन्दन ओसारपसारमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको धुस्कुन गाउँपालिका–७ का ३७ वर्षीय जनकबहादुर कार्की, काठमाडौं–३, बाँसबारीका ६७ वर्षीय कुमार गुरुङ, रुपन्देहीको सिद्धार्थनगर–८ बस्ने ३७ वर्षीय जनक पन्थी र मोरङको मिक्लाजुङ गाउँपालिका–३ बस्ने ३६ वर्षीय डिल्लीराम लिम्बु छन् ।
विशेष सुराकीका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई आइतबार काठमाडौंको सरस्वती नगरबाट उनीहरूलार्इ पक्राउ गरेको प्रवक्ता जीवन श्रेष्ठले बताए ।
उनीहरुको साथबाट रक्तचन्दनबाट निर्मित चिरान पट्टाहरु ८७ थान बरामद गरिएको उनले जनाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4