Comments Add Comment

यूएई ‘ए’माथि नेपालको शानदार जित, ज्ञानेन्द्रले बनाए १५४ रन

१७ माघ, काठमाडौं । ज्ञानेन्द्र मल्लको शानदार पारीको मदतमा नेपालले दोस्रो अभ्यास खेलमा यूएई ‘ए’माथि १९३ रनको फराकिलो जित हात पारेको छ ।

नेपालले दिएको ३३४ रनको विशाल लक्ष्य पछ्याएको घरेलु टोली ४०.२ ओभरमा १४० रनमा अलआउट भयो । खराब सुरुवात गरेको उसले ५० रन जोड्दा ३ विकेट गुमाइसकेको थियो । तर, मोहम्मद कासिमले अली मिराजसँग ४४ रनको साझेदारी गरे । कासिम ४१ रनमा आउट भएपछि अरुले ठूलो पारी खेल्न सकेनन् ।

चिराग सुरुले १८, मिराज र अंश टन्डनले समान १७-१७ रन बनाउँदा अरुले दोहोरो अंक नै जोड्न सकेनन् । उसलाई सस्तैमा समेट्न् क्रममा सन्दिप लामिछानेले ४ विकेट लिए भने पारस खड्काले २ विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले राम्रो सुरुवात गर्‍यो । ओपनरद्वय ज्ञानेन्द्र मल्ल र दिलिप नाथले पहिलो विकेछका लागि १४२ रनको साझेदारी गरे । दिलिप ६४ रनमा आउट भए । अनिलकुमार शाहले १४ रन जोडे ।

तेस्रो विकेटका लागि ज्ञानेन्द्रसँग ६४ रनको साझेदारी गरेका दिपेन्द्र सिंह ऐरी ३४ रनमा आउट भए । ज्ञानेन्द्र १५४ रन बनाएर आउट भए, जतिबेला नेपालको स्कोर ३२२ रन भइसकेको थियो र खेल ९ बल मात्र बाँकी थियो ।

नेपाली इनिङको अन्तिम बलमाआउट भएका करण केसीले मात्र ५ रन बनाए । पारस खड्का, रोहितकुमार पौडेललाई छाडेर उनी अघिल्लो क्रममा आएका थिए ।

नेपालले अर्को अभ्यास खेल पर्सी खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment