+
+
Shares

अमेरिकाको नेपाली संस्था नाशाले शीतलहर पीडितलाई चौथो चरणमा कम्बल बाँड्दै

अनलाइनखबर अनलाइनखबर
२०७४ माघ १८ गते ११:२२

अमेरिका / अमेरिकाको दक्षिण पूर्व १५ वटा राज्यको प्रतिनिधत्व गर्ने नेपालीहरुको साझा संस्था नासाले पूर्बी तराइको अति विकट क्षेत्रका विपिन्न समुदायका शीतलहर पिडितहरुलाई नियानो कम्मल वितरण गरिरहेको छ ।

अमेरिकाका कुनै पनि नेपाली संघ संस्थाहरु यस अभियानमा केन्द्रित नभएको बेला नेपालीहरुको साझा संस्था नाशाले ‘घरदेशमा शीतलहर’ चलेको छ, परदेशमा सहयोगको लागि नाशा जुटेको छ’ कार्यक्रम ‘वन फर वन’ (एकले अर्कोको लागि) लिएर आएको नाशा र टीएनसीसी संस्थाको सांस्कृतिक फाँटका प्रमुख बिशाल भारतीले बताए ।

शीतलहरले प्रभावित देशकै सबै भन्दा पीडित क्षेत्र रौतहटको मुसहर गाउँबाट सुरुअात गरिएको राहात कार्यक्रम पर्षा, सुनसरी गर्दै झापाका २५० भन्दा बढी पीडितहरुलाई ३ चरणमा बितरण गरिसकेको भारतीले बताए ।

१०० वटा न्यायो कम्बलको लक्ष राखी सुरुअात गरेको यस अभियानलार्इ दाताहरुको उत्साहजनक सहयोगले दुर्इ दिनमा नै पूरा भएको र अब १०० बाट ५०० मा पुर्‍याइ अबको राहत सप्तरी र सिराहाका अति बिपन्न बर्गका असक्त, असहाय र अपांगलाई वितरण हुने कुरा नासा कोषाध्यक्ष निर्मल पौडेलले जानकारी दिए ।

अमेरिकामा नेपाली संस्थाहरु च्याउसरी उम्रेको र सामाजिक कार्यमा खडेरी परिरहेको धेरै गुनासो आइरहदा नासाले भने एक पछि अर्को सामाजिक कार्य गरिरहेको छ ।

यसअघि पनि नाशा र टीयनसीसीको संयुक्त पहलमा पप गायक ओमबिक्रम बिष्टको उपचारार्थको लागि २ लाख ६० हजार भन्दा बढी रकम उठाएर उपचारका लागि सहयोग प्रदान गरिएको थियो ।

नाशा र टीएनसीसी संस्था आयोजक रहेको यस अभियानले असहाय र दुःख पीडामा परेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको पीडामा मलम लगाइ यो जाडोमा चिसोबाट बचाउनका लागि नाशा यस अभियानमा लागेको सभापति माधव ढकालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?