१८ माघ, नेपालगञ्ज । लायन्स क्लब इन्टरनशनल डिष्ट्रिक ३२५ बी-२ को छैटौं राष्ट्रिय महाधिवेशन आउँदो चैतमा नेपालगञ्जमा हुने भएको छ ।
डिस्ट्रिक गभर्नर मधुसुदन शर्मा रिजालले महाधिवेशनमा काठमाडौं, वीरगञ्ज, हेटौंडादेखि पश्चिम नेपालका सबै लायन्स क्लब र लियो क्लबबाट गरी २ हजार पाँचसय बढी सहभागी हुने जानकारी दिए ।
डिष्ट्रिक ३२५ बी-२ उनले लायन्स क्लब इन्टरनेशनलको विश्वमै सबै भन्दा ठूलो क्षेत्रफल ओगटेको बढी क्लब र बढी सदस्य आवद्ध रहेको डिस्टि्रक भएकोले पनि सो सम्मेलनलाई भव्य बनाउने तयारी भएको उनले बताए ।
महाधिवेशन तयारीका लागि लायन्स क्लब अफ नेपालगञ्जका अच्युत प्रसाईको अध्यक्षतामा पाँच सदस्यीय मूल समिति गठन गरिएको छ । यसलाई सघाउन १७ वटा विभिन्न उपसमिति निर्माण गरिएको छ ।
महाधिवेशनबाट लायन्स वर्ष २०१८/२०१९ को लागि नयाँ डिष्ट्रिक गर्भनर, फस्ट भाइस डिस्ट्रिक गर्भनर र सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर लगायत डिस्ट्रिक पदाधिकारीको चयन हुनेछ ।
प्रतिक्रिया 4