१९ माघ, काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा दुई देशको सम्वन्ध सुधारबारे कुुराकानी भएको छ । साथै भारतीय विदेशमन्त्री स्वराजले निर्वाचन सम्पन्न गरेकोमा बधाइ दिएकी छन् ।
स्वराज दुई दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौंमा आएकी थिइन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्डका साथै राजपा र फोरम नेताहरुलाई भेटेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4