+

पाक कलाको कुरा गरौं, कसरी खाना स्वादिलो र स्वस्थ्यकर हुन्छ ?

२०७४ माघ  २० गते ९:३० २०७४ माघ २० गते ९:३०
पाक कलाको कुरा गरौं, कसरी खाना स्वादिलो र स्वस्थ्यकर हुन्छ ?

खाना पकाउनुलाई पूर्विय संस्कृतिमा ‘पाककला’ भनिन्छ । पश्चिमी समाजले ‘कुलिनरी आर्ट’ । तर, हामीले खाना पकाउने कुरालाई ‘कला’ मानेका छौ त – यसलाई सामान्य कर्मकाण्ड पो मानिरहेका छौ कि ?

वास्तवमा खाना पकाउनु भनेको कला हो । जब पकाउने क्रममा कला मिसाइन्छ, त्यो स्वादिलो, स्वस्थ्यकर र सुपाच्य हुन्छ ।

हाम्रा पिता-पूर्खाहरुले भन्ने गरेका छन्, खाना पकाउँदा प्रशन्न चित्तले पकाउनुपर्छ । भन्नुको अर्थ हो, खाना पकाउनेले खानामा आफ्नो मन पनि मिसाउनर्ुपर्छ । मन लगाएर पकाउनुपर्छ । त्यसमा लगाव हुनुपर्छ । रहर हुनुपर्छ । उत्सुकता हुनुपर्छ ।

आफुले बनाएको खाना कसरी स्वादिलो होला ? कसरी स्वस्थ्यकर होला ? कसरी सुपाच्य होला ? यो कुरामा सधै ख्याल राख्नुपर्छ ।

अल्छी मान्दै, झर्कोफर्को गर्दै, रिसाएर, हतारमा वा कहरमा पकाइएको खाना स्वादिलो हुँदैन । स्वस्थ्यकर हुने कुरै भएन । यसरी दुषित मनले पकाएको खाना पनि विषाक्त नै हुन्छ । त्यसैले खाना पकाउनेले खाना पकाउँदा सोच्नुपर्छ कि, यो मेरो कला हो ।

हो त, खाना पकाउनु आफैमा कला हो । यस्तो कला, जसले स्वाद र स्वास्थ्य दुबैलाई सन्तुलनमा राख्न सक्छ ।

स्वादिलो बनाउने काइदा

हाम्रो ज्रि्रोले स्वादिलो खानेकुरा खोज्छ, यो प्राकृतिक कुरा हो । हामी ज्रि्रोको विरुद्धमा जान सक्दैनौ । ज्रि्रोको बिरुद्धमा गएपनि मन बुझाउन सक्दैनौं । बेस्वादको खाना खाइरहँदा मनमा दिक्दारी पैदा हुन्छ । जब खानाले मन प्रशन्न तुल्याउँदैन, त्यसले स्वास्थ्यमा पनि त्यती हित नगर्ला ।

त्यसैले खाना स्वादिलो हुनुपर्छ ।

स्वादिलो भन्नसाथ धेरै तेल हाल्ने, भुट्ने, मरमसला हाल्ने भन्ने होइन ।  स्वादिलो भन्नसाथ मासुजन्य भन्ने पनि होइन । स्वादिलो भन्नसाथ गरिष्ठ भोजन भन्ने पनि होइन ।

सामान्य खानेकुरा, जुन हामी बिहान-बेलुकीको छाकमा पकाउँछौं, त्यसमा कला मिसाउने हो । हामीसँग जे जति उपलब्ध छ, त्यती नै खानेकुरालाई पनि हामीले स्वदिलो र स्वस्थ्यकर बनाउन सक्छौं । यसका लागि खाना पकाउने हात भने सिपालु हुनुपर्छ ।

कुन खानेकुरासँग के खाने, कसरी पकाउने, के-के मिसाउने, कस्तो मरमसला हाल्ने भन्ने सामान्य ज्ञान सबैमा हुनुपर्छ । जस्तो कि, माछा तार्नका लागि तोरीको तेल उपयुक्त मानिन्छ । तोरीको सागमा मेथी फुराउँदा त्यो स्वादिलो हुन्छ ।

हरेक खानेकुराको आ-आफ्नै प्रकृति हुन्छ, जसलाई के, कति मात्रामा मिलाउने भन्ने कुराको हामीलाई हेक्का हुनुपर्छ । कसरी पकाउने भन्ने कुरा त छँदैछ ।

तर, कहिले काहिँ नयाँ नयाँ प्रयोग पनि गर्न सकिन्छ । कुनै तरकारीलाई फरक ढंगले पकाए हुन्छ । वा भिन्न-भिन्नै तरकारीलाई मिश्रण गरे पनि हुन्छ । यसमा के कुरा चाहि ध्यान दिनुपर्छ भने, आपसमा मिलाइने खानेकुरा एकदमै विपरित स्वादको भने हुनु हुँदैन । कतिपय खानेकुरा यस्तो हुन्छ, जसलाई आपसमा मिसाउँदा त्यो विषाक्त बन्न सक्छ । त्यसैले यो कुरामा सधै सचेत हुनुपर्छ ।

स्वादमा विविधता खोजौं

बिहान हामी साग खान्छौं । सागमा मेथी दाना र सुकेको रातो खुसानी फुराउन सकिन्छ । राती त्यही सागलाई थोरै आलु मिसाएर फरक ढंगले पकाउन सकिन्छ । अर्को छाकमा गुन्द्रुकको रस बनाए भयो । फेरी अर्को छाकमा दाल खाने । अर्को छाकमा तरकारीमा रस हाल्ने ।

यसरी हरेक छाकमा विविधता ल्याउन सकिन्छ । यसले हाम्रो ज्रि्रोको स्वाद त फेर्छ नै, साथसाथै शरीरलाई आवश्यक पोषणको सन्तुलन पनि मिलाउँछ ।

यदि बिहानको छाकमा जे खाइन्छ, साँझ पनि त्यही खाइयो भने, त्यसले शरीरलाई आवश्यक पोषण तत्व सन्तुलित रुपमा पुरा गर्दैन । त्यसैले छाकैपिछे फरक-फरक स्वाद लिन सकिन्छ ।

खाना पकाउँदा अक्सर मधुरो आँगोमा पकाउनु राम्रो हो । यसले गर्दा स्वाद बढ्छ, अर्कोतिर भाँडामा रहेको रसायन खानामा मिल्न पाउँदैन । त्यसैले खाना शुद्ध हुन्छ ।

यस्तो पो खाना !

हामी जे खान्छौं, त्यो प्राण जोगाउनका लागि मात्र होइन । खानाले सबै इन्द्रियलाई सन्तुष्ट दिलाउने क्षमता राख्छ ।

खाना र्सभ गर्दा त्यो आकर्ष देखिनुपर्छ, यसले आँखालाई सन्तुष्ट दिलाउँछ । खानाको बास्ना मिठासपूर्ण हुनुपर्छ, यसले हाम्रो घ्राण यन्त्रलाई खुसी तुल्याउँछ । मुखमा हाल्दा स्वादिलो हुनुपर्छ, जसले ज्रि्रोलाई लोभ्याउँछ । पेटमा पुगेपछि सजिलै पच्ने हुनुपर्छ, जसले पाचन यन्त्रलाई सहज बनाइदिन्छ । साथै त्यो पोषणयुक्त हुनुपर्छ, जसले शरीरको कार्य-संचालनमा सघाउ पुर्‍याउँछ ।

खाने संस्कार

खाना केवल खाना मात्र होइन । हाम्रो प्राणको स्रोत हो । जीवनशैली हो ।

आदिम युगमा सायद भोक मेट्न खाना खान्थे । उनीहरुले जे भेट्यो, त्यही खान्थे । जसरी भेट्यो, त्यसरी खान्थे । यसरी खनुपर्छ, यो खानुपर्छ भन्ने ज्ञान थिएन ।

अहिले खानपानसम्बन्धिको यो ज्ञान क्रमस माझिदै र परिस्कृत हुँदै आएको छ । अहिलेसम्म आइपुग्दा खानेकुरा केवल भोक मेट्ने माध्याम मात्र नभएर जीवनशैलीकै एक हिस्सा भन्ने कुरालाई स्विकार गरिएको अवस्था छ ।

खासमा भन्ने हो भने, खानु संस्कार हो । जीवनशैली हो । खाना खानुलाई एउटा उत्सवकै रुपमा आत्मसात गर्नुपर्छ । किनभने अहिलेको भागदौडपूर्ण जीवनमा हाम्रो खुसी, उमंग, उत्साह खुम्चिदै गएको छ । यस्ता खुसी, उमंग हामी डाइनिङ टेबलमा लिन सक्छौं ।

(लेखक होटल अन्नपूर्णका फुड एन्ड वेभरेज म्यानेजर हुन्)

खाना
लेखक
यादवप्रसाद पाण्डे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

सखरखण्ड, पोषणले भरिपूर्ण ‘सुपरफुड’

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

मान्छे कसरी बलियो र तन्दुरुस्त हुन्छ ? ध्यान दिनैपर्ने ५ कुरा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

घाम पर्ने गरी फार्मेसीहरूमा राखिएका औषधि बिग्रिने सम्भावना कति ?

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

बालविवाह : गल्ती गर्ने परिवार र समाज, परिणामको दोष स्वास्थ्यकर्मीमाथि

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची

एमाले प्रतिनिधि बन्न पाएनन् सरकारी स्वास्थ्यकर्मी, गौतमको नेतृत्वमा नयाँ सूची