मंगलबार, २९ साउन, २०७५
OnlineKhabar.com
Suzuki

अध्यक्षले छक्याउनुभो, गुटबन्दीको शिकार भएँ

'कसरी काम गर्नु हुँदो रहेछ म हेरौंला'

Suzuki
अनलाइनखबर

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलार्इ चुनाव अघिदेखि नै प्रदेश ३ को मुख्यमन्त्रीका रुपमा हेरिएको थियो । तर, शाक्यलाई पराजित गर्दै डोरमणि पौडेल दलको नेता बनेका छन् र उनै मुख्यमन्त्री बन्नेछन् ।

अनपेक्षित चुनावी हारबारे शाक्यसँग गरिएको संक्षिप्त कुराकानी :

तपाईंको राजनीतिक इतिहास र योगदानको कुनै अर्थ रहेेन होइन त ? गुटको उम्मेदवार बनेपछि तपाईंले यो महशुस गर्नुभयो ?

मेरो इतिहास दुनियाँका सामुन्ने छ । मैले गुटबन्दी गरिनँ । म २०२८ सादेखि हो यो पार्टीमा लागेको । २०३६ देखि त भूमिगत नै भएर काम गरेँ । पार्टीमा काम गर्दा बालबच्चा जन्मेका बेलासमेत मैले बिदा लिइन ।

पाँचौ महाधिवेशनदेखि निरन्तर केन्द्रीय कमिटीमा छु । प्रदेश संयोजकको हैसियतले मलाई नै मुख्यमन्त्री बन्ने भनेर पार्टीको सचिवालयले प्रदेशमा पठाएको हो तर, आज चरम गुटबन्दीको शिकार भएँ ।

मलाई जीवनमा सबैभन्दा दुःख लागेको छ ।

एउटा महिला मुख्यमन्त्री बन्ने अवसर जोगाउन शीर्ष नेताहरुबाटै गम्भीर पहल नभएको हो ?

शीर्ष नेताहरुले पहल नगरेको भन्दा पनि पहल पुगेन भन्छु । हाम्रो पार्टीले एउटा इतिहास कायम गर्ने अवसर थियो ।

तर, सबैभन्दा दुःख लाग्दो कुरा के भने, हिजो अध्यक्षलाई भेट्न जाँदा के छ स्थिति भन्नुभयो । मैले जित्छु, तपाईंले सहयोग गर्नुस् भनेँ । उहाँले हार्ने गरी नउठ्नुस् भन्नुभयो । मैले जित्छु र सघाउनुस् भन्दा त्यसो भए उठ्नुस् भन्नुभयो ।

तर, उहाँले यस्तो गरेर छक्याउनु हुन्छ ? अहिले आएर सभामुख लिनुस् भन्दा मान्नुभएन भनेर प्रचार गरिएको छ । उहाँले त्यसो भनेको होइन र सभामुख लिनुस् भन्दा मान्नेवाला पनि थिइनँ । तर, अध्यक्षको तहबाट मविरुद्ध चरम गुटबन्दी भएकोमा स्तब्ध छु ।

मैले सुनिरहेकी छु, प्रदेशका सांसदहरुलाई भेडाबाख्रा जस्तो थुन्ने काम गरियो । विहान सिधै भोट हाल्ने ठाउँमा लिएर आइयो । मलाई मुख्यमन्त्री बन्न नदिन गुटको चरम प्रयोग भयो । म गुटबन्दीको शिकार भएँ ।

भनेको तपाईंलाई हराउन अध्यक्ष केपी शर्मा ओली नै लाग्नुभयो ?

उहाँ कति लाग्नुभयो भएन अहिले नै भन्दिन तर, उहाँबाट मलाई छक्याउने काम भयो । मैले सुनिरहेकी छु, प्रदेशका सांसदहरुलाई भेडाबाख्रा जस्तो थुन्ने काम गरियो । विहान सिधै भोट हाल्ने ठाउँमा लिएर आइयो । मलाई मुख्यमन्त्री बन्न नदिन गुटको चरम प्रयोग भयो । म गुटबन्दीको शिकार भएँ । मेरो राजनीतिक इतिहासको धज्जी उडाइयो ।

पार्टीको कमिटीमा आफूभन्दा धेरै जुनियर मान्छेसँग हार्नुभयो । प्रदेशको पार्टी प्रमुख हुनुहुन्छ, तपाईको भूमिका के हुन्छ ?

पहिलो कुरा त प्रदेशसभामा धेरै पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरु आउनुभएको छ, जसलाई मेरो अण्डरमा मन्त्री भएर काम गर्न सजिलो हुने थियो । अब त्यो कुरा त रहेन ।

उहाँले कसरी चलाउनुहुन्छ म पनि हेर्छु । म पार्टीको प्रदेश संयोजक हुँ, प्रदेश सरकार चलाउन, मन्त्री बनाउन वा अन्य काम गर्न पार्टीको निर्देशन र समन्वय चाहिएला । कसरी काम गर्नु हुँदोरहेछ हेरौंला ।

तपाईको कुराले त पराजयको पीडा निकै देखियो नि ?

वास्तवमा मैले यस्तो होला भनेर सोचेकी थिइन । गुटबन्दीको यतिसारो शिकार हुँला भनेर सोचेकै थिएन । त्यसैले मलाई धेरै पीडाबोध भएको छ । मलाई मेरो पार्टीको अध्यक्षले यति साह्रो अपमान गर्नुभयो, सहन गाह्रो भएको छ । यसबाट उहाँको हाइट घटेको छ ।

यो पनि पढ्नुहोस्

अष्टलक्ष्मीले चुनाव हारिन्, डोरमणि पौडेल प्रदेश ३ को मुख्यमन्त्री बन्ने पक्का

देशले पहिलो मुख्यमन्त्री महिला पाउने अवसर यसरी गुमायो

शेरधन राई प्रदेश १ को मुख्यमन्त्री बन्ने पक्का

दुवै गुटले नपत्याएपछि राजेन्द्र पाण्डेले भने-अब डोरमणि पाइलट, म प्यासेन्जर (भिडियो सहित)

२०७४ माघ २६ गते १४:४० मा प्रकाशित
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

१९ प्रतिकृयाहरू प्राप्त
  • Nagen लेख्नुहुन्छ    |   २०७४ माघ २६ गते १५:०८

    Ye varkhar po chinnu vo kumai lai. Yeti lamo yitihas bokeka chhan thaha chhaina.

    30
    12
    Share

  • Ramesh Lama लेख्नुहुन्छ    |   २०७४ माघ २६ गते १५:१२

    हाँ कति लाग्नुभयो भएन अहिले नै भन्दिन तर, उहाँबाट मलाई छक्याउने काम भयो ,
    तपाई मात्र हैन Madam ७०% जनताहरुलाई यसरीनै १०० यौ वर्ष देखि छक्कई रहेका छन्, अब आउने पिडिले नि यो नबुझ्ने हो भने सधै दास बनेर बस्नु पर्ने हुन्छा

    53
    12
    Share

  • Basanta लेख्नुहुन्छ    |   २०७४ माघ २६ गते १५:२६

    चुनाव लडेपछि परिणाम स्विकार्नु पर्छ

    31
    17
    Share

  • SBC लेख्नुहुन्छ    |   २०७४ माघ २६ गते १५:३२

    नेपाली राजनीति बाहुनवाद अनि नातावाद तथा कृपावादका साथै धन र डनवादको भुमरीमा जकड़ीयको छ/ देशले ७ जना मुख्यमन्त्री पाउदा एक जना नि महिला मुख्खेमंत्री नहुनो दुर्भाग्गेपूर्ण हो/ बजार हल्ला अनुसार २ नं प्रदेश वाहेक सबै प्रदेशले ब्राम्हण खस आर्य जातिकै मुख्खेमंत्री पाउने प्राय निश्चित छ/ अष्टलक्ष्मी शाक्य नि ब्राम्हण खस आर्य भाको भए सायद आज उहाँले मुख्खेमंत्री पाउनो हुन्थ्यो !!!

    51
    54
    Share

  • मिलन कुवर लेख्नुहुन्छ    |   २०७४ माघ २६ गते १५:४७

    यस्ताे कुरा गर्नेले किन निर्वाचनमा जानू, परिडाम स्विकार्नु हाेस

    23
    24
    Share

  • PMS लेख्नुहुन्छ    |   २०७४ माघ २६ गते १५:५३

    अब त एमाले जनजाती को पार्टी होइन भन्ने पक्का भयो होला नि एमाले पछि लाग्ने नेवार साथिहरुलाई।

    40
    42
    Share

  • Deepak लेख्नुहुन्छ    |   २०७४ माघ २६ गते १६:४६

    अष्टलक्ष्मी शाक्यको पार्टीको लागि ठुलो योगदान छ र लामो इतिहास बोकेको त्यागी नेत्री हुनुहुन्छ, विगतमा मन्त्री हुने अवसर पाउदा पनि लिनुभएन #तर गएको स्थानीय र प्रदेश चुनावमा प्रदेश संयोजकको हैसियतमा उहाँले खेलेको गुटगत खेल,लेनदेन र टिकट वितरणमा गरिएको विभेदले अहिले संसदीय दलको नेतामा पराजय बेहोर्नुपर्यो । आफुले गुटको राजनीति गरेर टिकट वितरण गर्दा चै उचित गरें भनेर ठान्ने अनी अहिले गुटबाट उठेर हार्दा फलानोले हरायो, हेरौंला कसरी काम हुन्छ भन्ने ? लाज कता हरायो ? त्यस्तै हो भने, सर्वसम्मत रुपमा बनाउने भए मुख्यमन्त्री बन्छु नत्र दलको नेतामा चुनाव लड्दिन भन्ने आँट गर्नुपर्थ्यो । अहिले गुटबाट उठेर हार्ने अनी फलानो र ढिस्कानो भो भनेर फलाक्ने ? गुटको बहुमत छ भनेर प्रदेश नं १ मा नछोड्दा ३ नं मा नी चुनाव भयो, दुबैतिर लिन खोज्दा चिप्लियो ।आफुले खनेको खाल्टोमा आफैं परिन्छ

    24
    8
    Share

  • achut लेख्नुहुन्छ    |   २०७४ माघ २६ गते १७:१३

    कुर्ची को लागी पहिले महाकाली , मनमोहन ट्रष्ट , मदन भण्डारी फाउन्डेशन , पार्टी मुख्यालय अनि अहिले आएर ५० बिघा मालिक को पाउमा चढाउने जादुगर ले भेडाहरु लाई मात्र भनेको त आफ्नै सुसारे हरुलाई पनि छक्याउँदा रहेछन | अबपनी भेडाहरुको चेत खुलेन भने नेपाल मा महान लेण्डुप को जन्म हुनेछ |

    21
    8
    Share

  • प्रकाशमान शिल्पकार लेख्नुहुन्छ    |   २०७४ माघ २६ गते १९:४८

    हराउनुको अरु कारण हैन बोहराको पत्नी भए पनि नेवार चेली भएकाले हो ।

    17
    12
    Share

  • Tekpunmagar लेख्नुहुन्छ    |   २०७४ माघ २६ गते २१:५०

    30 sal samm aphono lagani lagaudai aphono umer ekalbadijat ma pura jiwan arpan garnu bhayo dhoka khaye balla chetana khule ko jasto dekhin6 heru abb tapae le k bhumika khelnu hun6

    4
    0
    Share

  • हर्के माइलो लेख्नुहुन्छ    |   २०७४ माघ २६ गते २३:२२

    खासमा अध्यक्ष कमरेडले हैन माकुनेकमरेड धेर जान्ने भएर येस्तो भाको हो कमरेड !
    १ नम्बरमा शेरधन लाइ दिएर ३ मा अष्टलक्ष्मीलाइ दिने सहमति गरेको भए हुने थ्यो नि l
    उता भिम आचार्यले फिक्स जित्छन भनेर शेरधन लाइ हराउनै को लागि माकुने गुटले सहमति हैन लोकतान्त्रिक पद्धती पालना गर्दै संसदीय दलको चुनाउ गर्नपर्छ भनेका हुन्, त्यो नि अन्तिम समयमा l
    अब ठुला कुरा गरेर चुनाब नै गरिसके पछी त सस्थापनपक्ष ले पनि के हेरिराख्छ त l
    कि बेलैमा सहमति गर्नुपर्थ्यो, हैन भने चुपचाप हार स्विकार्नुको विकल्प छैन l

    तपाई पनि माकुने गुटमै हुनुहुन्त्यो प्रस्ट थाहा भएकै कुरो हो, तपाइँलाइ मुख्यमन्त्रि हुन नदिन सबैभन्दा ठुलो हात माकुने काकाको छ l

    दुख पाईस् मंगले आफ्नै ढंगले l

    10
    2
    Share

  • Nagendra लेख्नुहुन्छ    |   २०७४ माघ २७ गते १:५६

    जहाँ पनि जातको राजनीति !!! चुनाब लड्ने, हर्ने अनि …… अनि यो चाही के हो नि ??
    https://www.onlinekhabar.com/2018/02/658317

    3
    2
    Share

  • devendra लेख्नुहुन्छ    |   २०७४ माघ २७ गते १२:४३

    UML ko kura sundani Bichara vanna mon lagxa…..

    2
    1
    Share

  • Nepali लेख्नुहुन्छ    |   २०७४ माघ २७ गते २०:२६

    “उहाँले कसरी चलाउनुहुन्छ म पनि हेर्छु । म पार्टीको प्रदेश संयोजक हुँ, प्रदेश सरकार चलाउन, मन्त्री बनाउन वा अन्य काम गर्न पार्टीको निर्देशन र समन्वय चाहिएला । कसरी काम गर्नु हुँदोरहेछ हेरौंला ।”

    Very low-level mentality.

    9
    6
    Share

  • जनक ज्ञवाली लेख्नुहुन्छ    |   २०७४ माघ २७ गते २०:५०

    पाटर्ी काे सिपाही भन्ने अनि पद नपाउदा गुटबन्दी गरे भन्ने खाेई त अनुशाशन ।

    5
    3
    Share

  • बाबाजी लेख्नुहुन्छ    |   २०७४ माघ २७ गते २१:२४

    अष्टलक्ष्मीलाई किन नपत्याएको भन्दा ‘सक्षम हुनुपर्छ, महिला हुँदैमा पाईन्छ?’ भन्ने, ठाकुर गैरेलाई नपत्याएर कोमल वलीलाई किन भन्दा ‘एमाले महिलालाई उच्च सम्मान गर्ने पार्टी हो’ भन्ने। एमालेको यो लिंगिय तथा वर्गिय चेत समस्त नेता, कार्यकर्ताको एउटै हो या ओली एण्ड हनुमान कम्पनीको मात्र?

    18
    0
    Share

  • कृष्ण पराजुली लेख्नुहुन्छ    |   २०७४ माघ २८ गते २:१०

    विगतमा पटक पटक प्रतिनिधिसभाको सांसद अनि सिंगो देशकै मन्त्री , प्रदेश प्रमुख , सांसद , केन्दिय नेता भएर पनि पुगेन ।अब मुख्यमन्त्री पनि तिनैलाई चाहियो ?अनि जताततै बुढाबुढीले ओगट्न खोजेपछि तलकाले चाहिँ के हलों जोत्ने ?
    आफू गुटबन्दीमा रमाउने अनि दोष चै अधक्ष्यलाई ?? वा वा वा

    0
    2
    Share

  • कृष्ण पराजुली लेख्नुहुन्छ    |   २०७४ माघ २८ गते २:१३

    विगतमा पटक पटक प्रतिनिधिसभाको सांसद अनि सिंगो देशकै मन्त्री , प्रदेश प्रमुख , सांसद , केन्दिय नेता भएर पनि पुगेन ।अब मुख्यमन्त्री पनि तिनैलाई चाहियो ?अनि जताततै बुढाबुढीले ओगट्न खोजेपछि तलकाले चाहिँ के हलों जोत्ने ?
    आफू गुटबन्दीमा रमाउने अनि दोष चै अधक्ष्यलाई ?? वा वा वा
    पार्टी उपाध्यक्षले बोलेको हेरन लाज सरम नमानी

    1
    1
    Share

  • Bishwontar Sukubhatt लेख्नुहुन्छ    |   २०७४ माघ २९ गते १०:४८

    यस्तै यस्तै घटना परिघटनाहरुले गर्दा ए……मा….ले….. भन्दा रैचन् ओइ । जहाँपनि दुईटा तीर ….. ।

    0
    1
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this