Comments Add Comment

कराँते कोच खड्का बने मेरिडियनको ब्राण्ड एम्बास्डर

३ फागुन, काठमाडौं । नेपालका कराँते प्रशिक्षक तथा खेलाडी जनकसिंह खड्का मेरिडियन हेल्थ केयर सेन्टरको ब्राण्ड एम्बास्डर बनेका छन् । महाराजगञ्जस्थित मेरिडियन हेल्थकेयर सेन्टर प्रालिले खड्कालाई दुई वर्षका लागि ब्राण्ड एम्बास्डर तोकेको हो ।

खेल र स्वास्थ्य एकअर्कासँग सम्वन्धित भएकाले यसलाई सँगसँगै अगाडि बढाउने उद्देश्यअनुसार खेलाडीलाई नै ब्राण्ड एम्बास्डरको रुपमा छनोट गरेको मेरिडियनका प्रवन्ध निर्देशक किरण खड्काले बताए ।

कैलालीको धनगढी घर भएका जनकसिंह खड्का राष्ट्रिय खेलकुद परिषद (राखेप)को पूर्वप्रशिक्षकसमेत हुन् ।

खड्काले नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिई थुप्रै पदकहरु पनि जितिसकेका छन् । उनले पछिल्लोपटक सन् २०१६ मा हंगेरीमा आयोजित अन्तर्राष्ट्रिय सितेरियो कराँते प्रतियोगितामा स्वर्णपदक जितेका थिए ।

अब उनले दुई वर्षसम्म मेरिडियन हेल्थ केयर प्रालिको प्रमोसन गर्नुपर्नेछ । मेरिडियनले ब्राण्ड एम्बास्डर तोकेको यो पहिलो पटक हो । लाजिम्पाटस्थित अमेरिकन दूतावास अगाडि रहेको मेरिडियनले ओपीडी, ल्याब टेस्ट, भिडियो एक्सरेलगायतका सेवा उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment