News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
- समूह 'बी' को अन्तिम खेलमा भारतले बंगलादेशलाई ३-० ले पराजित गरेपछि प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
- पछिल्ला दुई संस्करणको फाइनलमा बंगलादेशसँग पराजित भएको नेपाललाई यसपटक सेमिफाइनलमै बदला लिने अवसर जुरेको छ ।
१७ जेठ, काठमाडौँ । भारतको गोवामा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले साविक विजेता बंगलादेशसँग खेल्ने भएको छ ।
समूह बी को अन्तिम खेलमा घरेलु टोली भारतले बंगलादेशलाई ३-० ले पराजित गरेपछि सेमिफाइनल समिकरण पनि टुङ्गो लागेको हो । नेपाल समूह ए को विजेता बन्दा बंगलादेश समूह बी को उपविजेता बन्यो ।
पछिल्लो दुई संस्करणको फाइनलमा बंगलादेशले उपाधि जित्दा नेपाललाई नै पराजित गरेको थियो । यस पटक सेमिफाइनलमै यी दुई टोली भेट हुँदा नेपाललाई बदला लिने अवसर छ ।
सन् २०२२ र २०२४ मा काठमाडौंमै भएको साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित हुँदा उपाधि जित्नबाट बन्चित भएको थियो ।
यस्तै अर्को सेमिफाइनलमा भारतले भुटानसँग खेल्नेछ ।
समूह ए बाट यसअघि नेपाल समूह विजेता र भुटान समूह उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरिसकेको छ ।
समूह बी बाट घरेलु टोली भारत समूह विजेता र बंगलादेश समूह उपविजेताको रुपमा सेमिफाइनल पुगेका हुन् ।
सेमिफाइनल खेलहरु मंगलबार हुनेछ ।
प्रतिक्रिया 4